नेपाल दर्पण, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ लगायतका व्यक्ति प्रत्यक्ष निर्वाचित कार्यकारी भएर राष्ट्रपति बनेपनि आफुहरुलाई केही फरक नपर्ने बताएका छन ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली आफूहरुको एजेण्डा रहेको बताएका छन् । आज (बुधबार) प्रेस सेन्टर नेपालले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा भ्रष्टाचार रोक्ने, सुशासन र स्थायित्व खोज्ने हो भने सिस्टम सुहाउँदै शासकीय स्वरुप प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिने बताएका हुन् । उनले बालेन र हर्कको नाम लिँदै सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा अध्यक्ष प्रचण्डले उनीहरुलाई लोकतन्त्रको फूलको संज्ञा दिए ।
प्रचण्डले हर्क, बालेनलगायतका मानिसहरुलाई आफूले आफ्नै मान्छे ठानेको पनि बताए । ‘हर्क आएपनि फरक पर्दैन, बालेन आए पनि फरक पर्दैन । के बिग्रन्छ र ? मैले त उनीहरूलाई लोकतन्त्रको फूल भनेको छु ।’ दाहालले देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख भएमा राजनीतिक विसङ्गतिको अन्त्य भई जनताको शान्ति र समृद्धिको चाहना पूरा हुने बताए ।
यस्तै फरक प्रसंगमा ‘प्रचण्ड’ले पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित जागरण अभियानबाट जनताका समस्या बुझ्न मद्दत पुग्ने बताएका छन् । अध्यक्ष दाहालले भने, “आर्थिक विकासका निम्ति जागरण अभियान आवश्यक छ, यसबाट उत्पादन र उत्पादकत्व बढाउन पनि मद्दत मिल्नेछ । मेचीदेखि महाकालीसम्मको यो अभियान सुशासनका निम्ति पनि हो।” अभियानबाट जनता उत्साहित भएका बताउँदै उनले परिवर्तनको संवाहक नेकपा माओवादी केन्द्र रहेको बताए ।
नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
This website uses cookies.