२६२ औं सेना स्थापना दिवस विविध कार्यक्रम गरी मनाइयो

नेपाल दर्पण, काठमाडौं ।

नेपाली सेनाले आज २६२ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ । सेना दिवसको अवसरमा बुधबार सेनाले सैनिक मञ्रुच टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो । समारोहको प्रमुख अतिथिका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी थिए ।

सो अवसरमा सैनिक मञ्चमा परेड,तोप बढाइ,कवाजलगायत विविध सांस्कृति कार्यक्रम प्रस्तुत गरिएको थियो। नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ ।

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *