३ वर्ष म प्रधानमन्त्री हुदा असाधारण काम गरे त्यसपछिका सरकारहरुले गरेननःओली

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली बालबालिका मुस्कुराएको आफूले हेर्न चाहेको बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयलाई गुठीमा लैजाने कुरा उचित नभएको बताएका छन् । मंगलबार काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्र खेलबाड गर्ने थलो नभएको जिकिर गरे ।

उनले एसईईमा धेरै संख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए । प्रधानमन्त्री ओलीले आफैँ तिरेर उच्च शिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्नेमा जोड दिए ।
त्यस्तै, अर्को प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू यसअघि ३ वर्ष प्रधानमन्त्री बन्दा देशमा असाधारण परिवर्तन गरेको तर त्यसपछि बनेका सरकारहरुले काम नगर्दा विकास अघि बढ्न नसकेको आरोप लगाएका छन् ।

उनले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरु अघि बढाउनका लागि नै रहेको बताए । देशमा सुशासन र विकासको गति तीव्र बनाउन सरकारले काम गरिरहेको बताए । ‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ । म दावाका साथ भन्छु– ३ वर्ष म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो । त्यो प्रगतिलाई बीचको ३ वर्षले धान्न सकेन’ प्रधानमन्त्री ओलीले भने, ‘फेरि हामी त्यही नधानिएको हुनाले अहिले नेपाली कांग्रेस र नेकपा एमाले दुईवटा सबैभन्दा ठूला पार्टी मिलेर देशलाई अधोगतितिर होइन, यसलाई सुशासन र विकासको बाटोमा अगाडि लैजानुपर्छ भनेर सरकार बनाएका छौँ ।’

मुलुक अँध्यारो युगबाट भर्खरै उज्ज्यालो युगमा प्रवेश गरिरहँदा फेरि पछाडि धकेल्न खोज्ने प्रयास भइरहेको भन्दै त्यसलाई सफल हुन नदिइने बताएका हुन् । उनले मुलुकमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने धारणा राखे । सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर काम गरिरहेको उनले स्पष्ट पारे । उनले जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुपर्नेमा जोड दिए । सुशासन र विकासका लागि वर्तमान सरकार बनेको र सरकारले विकासको गति तीव्र पारेको दावीसमेत गरेका छन् ।

Chief Editor

Recent Posts

संसद् विघटन गर्न सहमत, सुशीला कार्कीको नेतृत्वमा सरकार गठन

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…

9 hours ago

अन्तरिम सरकारमा जनेजी नजाने, वाच डगको भूमिका निर्वाह गर्ने

नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…

1 day ago

छिटो सरकार गठन गर्न जेनजीको माग, बालेन, हर्क, कुलमान र सुशीलाको नाममा चर्चा

नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…

2 days ago

प्रदर्शनका क्रममा मृत्यु हुने जेनजीको संख्या ३० पुग्यो, सबै ठूला सरकारी कार्यालय ध्वस्त

नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…

2 days ago

प्रधानसेनापतिले जेनजीलाई मिलेर आउन गरे आग्रह, सागर ढकाल देशको नेतृत्व गर्न तयार

नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…

3 days ago

राज्यका तीनवटै अंग जेनजीको कब्जामा, खोसिए बन्दुक, कुटिए देउवा

नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…

4 days ago

This website uses cookies.