नेपाल दर्पण, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा रहेर कांग्रेसले चकचक नगर्ने र उपद्रो पनि नगर्ने तर कानुनको शासन र प्रजातान्त्रिक अधिकारको बारेमा सत्तारुढ दल एमालेसँग कुनै सम्झौता नहुने बताएका छन् । ‘नेकपा (एमाले) सँग मिलेर हाम्रा केही शर्तहरु छन् । विधिको शासन, कानुनको शासनमा सम्झौता गर्नुपर्यो भने सरकार छाड्छौं । तर, कानुनको शासनमा सम्झौता गर्दैनौं । प्रजातान्तिक अधिकार, त्यो भनेको तपाईँको, मेरो बोल्न पाउने अधिकार, तपाईँ र मेरो हिँड्न पाउने अधिकार, आधारभूत अधिकार, जुन अधिकारको लागि यो पार्टी जन्मियो, त्यो अधिकारमा सम्झौता गर्नुपर्यो भने कांग्रेसले सरकार छाड्छ । त्यो अधिकारसँग सम्झौता गर्दैन,’– उनले भने ।
साथै, कांग्रेसले एमालेसँग केन्द्रदेखि जिल्लासम्म बराबरीको व्यवहार चाहेको उनले बताए । आफूहरु एमालेलाई नहेप्ने र एमालेबाट हेपिएर पनि सरकारमा नबस्ने उनको चेतावनी छ । महामन्त्री थापाले कहीँकतै दुव्र्यवहार भएको खण्डमा त्यो सहेर कांग्रेस सरकारमा नबस्ने बताए । एमालेसँग सरकारमा रहने कुरामा २०८४ सालसम्म कांग्रेसको इमानदार प्रयत्न रहने पनि उनले बताए । अहिले भएको समझदारी कार्यान्वयन गर्ने कुरामा कांग्रेसले कहीँकतै चकचक नगर्ने र उफ्रेर कतै नजाने उनले बताए ।
उनले ०७९ को निर्वाचनका बेलामा प्युठानमा आफूहरुले कार्यकर्तालाई रुखमा मत दिन नभनी गिलासमा मत दिन भनेकोप्रति माफी माग्दै भने, “म प्युठानमा यहाँका जनतासँग माफी माग्छु । रुखमा मत हाल्न नलगाएर हामीले गिलासमा मत हाल्न लगायौँ ।”
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ आन्दोलनको प्रभावस्वरूप नागरिक सरकार गठन भएको छ । जेनजी प्रतिनिधिहरूको…
नेपाल दर्पण, काठमाडौं । जेन–जीहरुको आन्दोलनपछि अबको निकासबारे छलफल हुन थालेको छ । अन्तरिम सरकार…
नेपाल दर्पण, काठमाडौं । ‘जेनजी’ पुस्ताको मागअनुसार छिटो सरकार गठन गर्नुपर्ने भन्दै नेपाली सेनाको मुख्यालयअगाडि…
नेपाल दर्पण, काठमाडौं । दुई दिन भएको जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको…
नेपाल दर्पण, काठमाडौं । जेनजीको प्रतिनिधित्व गर्दै जंगीअड्डामा पुगेका विभिन्न युवामध्ये रक्षा बम छलफलबाट बाहिर…
नेपाल दर्पण, काठमाडौं । राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका जेनजी आन्दोलनकारीले नियन्त्रणमा लिएका…
This website uses cookies.