नेपाल दर्पण, काठमाडौं ।
स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेस र एमालेभित्र उकुमुकुसको अवस्था रहेको बताएका छन् । यति मात्रै हैन, उनले अहिले केपी शर्मा ओली र शेरबहादुर देउवा डरले एकअर्कासँग टाँसिएर बसेको आरोप लगाएका छन । उनले भने,‘उहाँहरु रहरले होईन, खुशीले होईन डरले टाँसिएर बस्नुभएको छ । सरकारबाट बाहिरिनेबित्तिकै हामीलाई समस्या हुन्छ, जेल जानुपर्छ, मुद्दा लाग्छ भन्ने डर छ । किनभने भुटानी शरणार्थीमा शेरबहादुरजीको संलग्नता या भनौं उहाँको परिवारको संलग्नता छ, त्यो कुरा जगजाहेर छ ।’ जनताको फ्रस्टेशन बढ्दै गयो भने जनताहरु सडकमा आउन बेर नलाग्ने उनको टिप्पणी छ ।
अहिले नेपाली जनतामा नैराश्यता बढेको सिंहको टिप्पणी छ । उनले भने,‘जनताले आशाको कहीँपनि ठाउँ देखिरहेका छैनन् । देशबाट युवाहरु पलायन भैरहेका छन् । सरकारकै संरक्षणमा पुँजीपनि पलायन भैरहेको छ । ठूला ठूला विचौलियाको नाममा सरकारी सम्पत्ति कौडीको भाउमा दिने काम भएको छ । सरकारमा बस्ने प्रधानमन्त्री र मन्त्रीहरुलाई कमिशन दिने, त्यो कमिशनपनि बाहिर नै सेटल हुने । यो अहिले नेपालको भ्रष्टाचार सिंगापुरबाट हुन्छ, दुवईबाट तय हुन्छ । बैंककबाट तय हुन्छ । यो बडा डरलाग्दो स्थिति छ ।’ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएर आए एमालेका ८० प्रतिशत नेता तथा कार्यकर्ता भण्डारीकै पक्षमा उभिने दाबी गरे ।
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…
नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…
नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…
This website uses cookies.