श्रीमतीको आत्मकथा करुणाको लोकार्पण गर्दै ओलीले भने प्रदेशको संख्या घट्न सक्छ

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रणालीका संरचनामा हेरफेर हुन सक्ने विषयलाई सामान्य मान्नुपर्ने बताएका छन् । ओलीले आवश्यकतानुसा प्रदेश थपघट हुने बताएका हुन् । यसैक्रममा उनले सात प्रदेश बढेर ९ वटा हुनसक्ने र घटेर ५ वटा हुन सक्ने पनि बताए । शनिवार प्रथम महिला राधिका शाक्यको आत्मकथा करुणाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

नागरिकको आवश्यकता हेरेर प्रदेश घटबढ गर्न सकिने बताए । उनले देश, विकास र जनताको आवश्यकतानुसार सुधार हुने कुरालाई रुवाबासी गर्न जरुरी नरहेको जिकिर गरे । उनले अब राजनीतिक परिवर्तन गर्नुपर्ने, प्रणाली नै हेरफेर गर्न आवश्यक नरहेको भन्दै सुधार गर्ने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र र लोकतान्त्रिक प्रणालीमा पनि हेरफेर र सुधार हुनसक्छ तर अझ त्यसका संरचनागत पक्षहरू बढी सुधार हेरफेर हुन सक्छन् । सातवटा प्रदेश ९ वटा पनि हुनसक्छन्, सातवटा प्रदेश पाँचवटा पनि हुनसक्छन्। त्यसो भयो भने पनि कुनै रुवावासी गर्नुपर्ने अवश्यक छैन । ६ वटा पनि हुनसक्छ। त्यो देशलाई आवश्यकता, विकासलाई आवश्यकता, जनतालाई आवश्यकता कस्तो हुन्छ, त्यसअनुसार गर्ने कुरा हो ।’

प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटमा रहेको घर आफ्नो बलबुताले बनाएको नभई श्रीमती राधिका शाक्यको कमाइबाट बनाएको बताए । उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको बताए । उनले आफूजति श्रीमतीसँग खुशी मानिस अर्को सायदै हुने बताए । प्रधानमन्त्री ओलीले श्रीमती राधिका नहुने हो भने अहिलेसम्म आफू बाँच्न सम्भव नरहेको जिकिर गरे। प्रधानमन्त्री ओलीले भक्तपुरको बालकोटस्थित घर आफ्नो बलबुताले बनाएको नभई श्रीमती राधिका शाक्यको कमाइबाट निर्माण गरिएको बताए । उनले उक्त घर पनि नेपाल ट्रस्टलाई दान गरिसकेको सुनाए । आफूजति श्रीमतीसँग खुसी मानिस अर्को सायदै हुने उनको भनाइ थियो । उनले अगाडि भने, “त्यसकारण मजति श्रीमतीसँग खुसी मान्छे कोही पनि छैन होला सायद । म त्यति खुसी छु । राधिका नहुने हो भने म अहिलेसम्म बाँच्न वास्तवमा सम्भव थिएन ।”

Chief Editor

Recent Posts

मन्त्री, महामन्त्री, सभापति कांग्रेस पार्टीबाट निष्कासित

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…

4 days ago

एसईईको नजिता सार्वजनिक, ६१.८१ % विद्यार्थी पास

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…

2 weeks ago

जसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…

2 weeks ago

०८४ को निर्वाचनमा कांग्रेस-एमालेको नाश हुन्छःअमरेशकुमार

नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…

2 weeks ago

भिजिट भिसा प्रकरण छानबिन सरकारले दबाएको रास्वपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…

3 weeks ago

तिनकुने घटना राज्य आतङ्कको कारण भएको राप्रपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…

3 weeks ago

This website uses cookies.