नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री ओलीलाई बालेनको आग्रह

नेपाल दर्पण, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले फेरि प्रधानमन्त्री ओलीमाथि कडा प्रहार गरेका छन । उनले आफुलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेखेर उनले विश्वजगतमा नेपाल र नेपालीको पहिचान धुमिल हुन लागेको भन्दै स्वाभिमानपूर्वक बाँच्न दिन आग्रह गरेका हुन् ।

‘प्यारो प्रधानमन्त्रीज्यू’ भनेर सम्बोधन गरेर उनले नेपाललाई अमेरिकाले भ्रष्ट, भारतले भिखारी भनेको र चीनले गन्नै छाडेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले आफूलाई महानगरपालिकाकाो मेयर भनेर बिर्सिन र नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्रीलाई भनेका छन् ।

उनले फेसबुमा लेखेका छनः

प्यारो प्रधानमन्त्री ज्यु ,अमेरिकाले corrupt भनिसक्यो ,ईन्डियाले भिकारी भनिसक्यो ,चिनले मान्छे गन्दैन ,मलाई मेयर हो भनेर बिर्सिनुस ,नेपाली भएर बाच्ने आधार त दिनुस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *