देशको समृद्धि र उन्नतिका लागि आफुलाई साथ दिन जनतालाई पूर्वराजाको आह्वान

नेपाल दर्पण, काठमाडौं ।

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलहरुलाई चेतावनी शैलीमा आफूहरूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न भनेका छन् । प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै पूर्व राजा ज्ञानेन्द्रले त्यागले कसैको कद सानो नहुने भन्दै उक्त चेतावनी दिएका हुन् । व्यवस्था बदलियो भन्नेहरूले अवस्था बदल्न नसकेको आरोप लगाउँदै उनले इतिहासलाई नास गरेर पहिचानको पनि अपमान भएको बताए । उनले प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्नेमा जोड दिए ।

शाहले प्रजातन्त्र आजको दिनमा सबभन्दा उत्तम शासन प्रणाली हुनुपर्ने बताएका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा १० मिनेट लामो भिडिओ सन्देश जारी गर्दै पूर्वराजा शाहले प्रजातान्त्रिक प्रणालीलाई समाजमैत्री र जनहितेषीको रुपमा पनि हेरिनुपर्नेमा जोड दिएका हुन् । कर्म र व्यवहारमा उतार्नेखालको प्रजातन्त्र हुनुपर्नेमा उनको जोड छ । उनले प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व सुरक्षित हुनुपर्ने धारणा राखेका छन् । शाहले निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो नबनाउने दाबी गरेका छन् ।

उनले राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्ने धारणा राखेका छन् । उनले भिडिओ सन्देशमा भनेका छन–“देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सधैँ हुनेछ । राष्ट्र रक्षाका निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ, अब समय आयो, राष्ट्र जोगाउने हो भने र राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौँ ।’ उनले आज देशको इतिहास मेटिँदै गएकोमा भने चिन्ता व्यक्त गरेका छन् ।

उनले अहिले नेपालीहरुको पसिना नेपालमा नभएर अन्तै पोखिरहेको टिप्पणी गरेका छन् । नेपालका कलकाखाना, व्यापार तथा व्यवसाय निरन्तर धराशयी बनेको उनको चिन्ता छ । प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्ने र जनताको भरोसा जगाउने प्रणाली हुनुपर्ने उनको भनाई छ । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने, सबैले खोजेको प्रजातान्त्रिक व्यवस्था नै भएको उनको भनाई छ । देशमा कुनै संकट नआओस भन्ने आफूहरुको परिकल्पना भएकोले नै सधैं देशहितमा उदारता राख्दै आएको पनि उनले स्मरण गराएका छन् । देश र जनताको भलो होस भनेर आफूहरुले आफ्नो ओहोदा र सुखसुविधालाई त्याग गरेको शाहले सम्झाएका छन् ।

Chief Editor

Recent Posts

गृहमन्त्रीको राजीनामा मागबाट पछि हट्यो रास्वपा

नेपाल दर्पण, काठमाण्डौं । भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने,…

1 week ago

भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने निष्कर्षमा विपक्षी दलहरू

नेपाल दर्पण, काठमाण्डौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन समिति गठन…

1 week ago

ओलीले पूर्वाग्रहका साथ भ्रष्टाचार मुद्दा लगाइएको नेपालको दाबी

नेपाल दर्पण, काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वाग्रहका साथ प्रधानमन्त्री…

1 week ago

राजावादी आन्दोलनबाट आत्तिएका प्रमुख दल छलफलमा जुटे

नेपाल दर्पण, काठमाण्डौं । राजावादी आन्दोलनबाट आत्तिएका प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले…

2 weeks ago

६ % आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ बजेट पेश

नेपाल दर्पण, काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल…

3 weeks ago

वर्तमान व्यवस्थाविरुद्ध राजावादीको अनिश्चितकालीन आन्दोलन शुरु

नेपाल दर्पण, काठमाण्डौं । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै राजतन्त्र समर्थकहरुले आज काठमाडौंमा विशाल प्रर्दशन गरेका…

3 weeks ago

This website uses cookies.