ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभाबारे गरेको टिप्पणीमा राष्ट्रिय सभाले गर्यो खेद प्रकट

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभाबाट स्वीकृत भएको मिडिया काउन्सिल विधेयकबारे गरेको टिप्पणीमा राष्ट्रिय सभाले खेद प्रकट गरेको छ । आइतबार राष्ट्रिय सभा बैठकको शून्य समय र विशेष समयमा सांसदहरूले प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभाको काम कारबाहीका सन्दर्भमा प्रश्न उठाएकोप्रति आपत्ति जनाएका थिए ।

राष्ट्रिय सभाबाट मिडिया काउन्सिल विधेयक स्वीकृत भएपछि शाहीले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै राष्ट्रिय सभा नै वृद्धाश्रमजस्तो भएको बताएका थिए । उक्त अभिव्यक्तिबारे शाहीलाई सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक भएर आफ्ना विचार संप्रेषण गर्न निर्देशन दिएको छ । आजको बैठकको शून्य समयमा सांसद नारायणदत्त मिश्र, जयन्तीदेवी राई, सांसद जगतबहादुर पार्कीलगायतले सांसद शाहीको अभिव्यक्तिमाथि आपत्ति जनाएका थिए । सांसदले आपत्ति जनाएपछि खेद प्रस्ताव पारित गर्दै आगामी दिनमा आफ्नो अभिव्यक्ति दिनुअघि विचार पुर्याउन निर्देशन दिईएको छ ।

पारित खेद प्रस्तावमा भनिएको छ, ‘पारित भएको विधेयकको सम्बन्धमा यथार्थ अवस्था अध्ययन नै नगरी निज माननीय सदस्यले कपोकल्पित, झुठ र यथार्थ भन्दा बाहिर गई एक सभाको सदस्यले अर्को सभाको कामकारबाही र सभाका माननीय सदस्यहरूको योग्यता, क्षमता र उमेरको सम्बन्धमा समेत अत्यन्त गैरजिम्मेवारपूर्ण ढङ्गले आफ्नो धारणा व्यक्त गर्नुभएको देखिएकोले उक्त अभिव्यक्तिप्रति यो सभा खेद प्रकट गर्दछ । आइन्दा आफ्ना विचार सम्प्रेषण गर्दा सुझबुझपूर्ण, वस्तुनिष्ठ र तथ्यपरक हुन निज माननीय सदस्यलाई यो सभा निर्देशनसमेत दिन्छ ।’


यस्तो थियो सांसद शाहीको अभिव्यक्ति
राष्ट्रिय सभा नै वृद्धाश्रम भएपछि कसको के नै लाग्छ ? वृद्धाश्रममा जानुपर्ने आदरणीय बाजेहरू राष्ट्रिय सभामा भत्ता खान गएकाले कसैले पनि लाइक सेयर र सरकारले गरेका गलत गतिविधिहरूको कमेन्ट गर्न नपाउने मिडिया काउन्सिल विधेयक पढ्दै नपढी हुबहु पास गरेका छन् ।

यो धर्तीका लागि केही दिनका पाहुना भएका बाजेहरूले आउने पुस्ताहरूको उज्वल भविष्य कहाली लाग्दो अन्धकार बनाइदिए । श्रीपेच फुकालेर सडकमा गएका राजा त्रिभुवन र राणा शासनका विरुद्धमा लडेका शहीदहरूको यिनीहरूलाई पाप लाग्छ। बोल्न र लेख्न पाउनुपर्छ भन्दै बलिदान दिएका शहीदहरुको पाप लाग्छ ।

जीवनभरि स्वतन्त्रताका लागि लड्ने विश्वश्वर प्रसाद कोइरालाको पाप लाग्छ । जनताले लेख्न र बोल्न पाउनुपर्छ भन्दै त्रिशुलीमा हत्या गरिएका मदन भण्डारीको यिनीहरूलाई पाप लाग्छ । यो राष्ट्रिय सभा को कुनै औचित्य छैन । वृद्रा आश्रम जान लागेका बाजेहरु थन्काउने र पार्टीका कार्यकर्ताहरुलाई मनाउने थलो बन्यो राष्ट्रिय सभा । त्यसैले राष्ट्रिय सभाको अन्त्य गर्नु नै अबको आवश्यकता हो ।

Chief Editor

Recent Posts

मन्त्री, महामन्त्री, सभापति कांग्रेस पार्टीबाट निष्कासित

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…

4 days ago

एसईईको नजिता सार्वजनिक, ६१.८१ % विद्यार्थी पास

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…

2 weeks ago

जसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…

2 weeks ago

०८४ को निर्वाचनमा कांग्रेस-एमालेको नाश हुन्छःअमरेशकुमार

नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…

2 weeks ago

भिजिट भिसा प्रकरण छानबिन सरकारले दबाएको रास्वपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…

3 weeks ago

तिनकुने घटना राज्य आतङ्कको कारण भएको राप्रपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…

3 weeks ago

This website uses cookies.