ओली सरकारले ल्याएको अध्यादेश हामीले पारित गर्न दिएनौंःमाधव नेपाल


नेपाल दर्पण, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारले ल्याएको अध्यादेश नेकपा (एकीकृत समाजवादी)ले पारित गर्न नदिएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो दावी गरेका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली सरकारले ल्याएको अध्यादेश थन्क्याउने काम आफ्नो पार्टीले गरेको भन्दै यसबारे हेक्का राख्न चुनौती पनि दिए ।


उनले आफ्नै पहलमा नेकपा (माओवादी केन्द्र) सँग छलफल गरी अन्य राजनीतिक दलहरूलाई बोलाएर पारित गर्न नदिन पहल गरिएको बताए । अध्यक्ष नेपालले भने, ‘केपी ओलीको यो अध्यादेश अहिले यत्तिकै थन्किएको छ । झुन्डिएको छ । यो कसको कारणले हो ? हाम्रो कारणले हो । यो हेक्का होस् सबैलाई । हामीले पहल ग¥यौँ सबैलाई, हामी एक्लै लड्न त सम्भव छैन । हामी र माओवादी पार्टीले पहल ग¥यौँ । दुवैले सल्लाह ग¥यौँ । प्रचण्डजीले तपाईंले भूमिका खेल्नुस् भन्नुभयो । किनभने मान्छेको पनि बोली बिक्दछ । त्यसपछि बैठकहरू बोलाइयो । बोलाएर साझा वक्तव्य निकाल्यौँ । पत्रकार सम्मेलन गरेर अध्यादेशहरूको बारेमा चुनौती दिँदै यदि यसलाई रोक्ने काम गरेनौ भने संसद्को विशेष अधिवेशन बोलाउन बाध्य हुनेछौँ भनेर भित्रभित्रै हस्ताक्षर गर्ने काम गरेका थियौँ । कति कुरा प्रचार गरिँदैन ।’


अध्यक्ष नेपालले नेकपा एमाले केपी बाको पार्टी भएको जिकिर गरे। एमालेले कम्युनिस्ट पार्टीको चरित्र गुमाएको आरोप लगाउँदै पार्टीको रूपमा नचलेको पनि बताए ।