नेपाल दर्पण, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस र एमालेलाई भ्रष्टाचारीको संज्ञा दिँदै सडक, सदन र माओवादीले जितेका १२३ वटा स्थानीय सरकार तीनवटै मोर्चाबाट ठेगान लगाउने चेतावनी दिएका छन् । आज (शुक्रबार) दोलखाको जिरीमा आयोजित पार्टीको ‘३०औं जनयुद्ध दिवस तथा जिरी नगरपालिकाको नगरसम्मेलन’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेस र एमालेले संविधान संशोधनको नाममा भएको उपलब्धिपनि मास्नेगरि संविधान च्यात्न खोजेको आरोप लगाएका छन् । उनले कांग्रेस र एमालेले आफू नेतृत्वको सरकार ढाल्नको लागि मात्रै संविधान संशोधनको बहाना बनाएर मिल्ने काम गरेको आरोप लगाए । ‘तपाईंहरूलाई लागेको होला कि प्रचण्डलाई माओवादीको संख्या कम भएर कांग्रेस एमालेले हटाए भनेर । तर, मलाई हटाउन कांग्रेस र एमालेका नेताहरूले भन्दा पनि भूमाफिया, बिचौलिया, दलालहरूले हटाएका हुन् । मैले गरेको कामको कारण आफ्नो भविष्य अँध्यारो देखेपछि कांग्रेस–एमालेका नेताहरूलाई आफ्नो घर, होटल बोलाएर प्रचण्डलाई हटाइएन भने तपाईंहरू पनि र हामी पनि सकियौँ भनेर भनेपनि मलाई हटाइयो,’ उनले भने ।
अगाडि उनले भने, ’मैले गरेको काम दलाल पुँजीपतिहरूलाई मन परेन । मैले गरेको काम भ्रष्टाचारहरूलाई मन परेन । प्रचण्ड नेतृत्वमा रहिरह्यो भने हाम्रो दिन सकियो भनेर भ्रष्टाचारीहरू डराए । भूमाफियाहरूलाई मन परेन । सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका कामहरूलाई मन परेन। सेटिङमा काम गर्ने एक÷दुई दर्जन मान्छे छन् र बिना मेहनत करोडौँ लुट्छन् । उनीहरूले मेरो नेतृत्वको सरकार ढाले ।’
नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
This website uses cookies.