स्कूल बस दुर्घटनाग्रस्तः ३ जनाको मृत्यु ४० घाइते


नेपाल दर्पण, काठमाडौं ।
काठमाडौंको शंखरापुर नगरपालिका–४ कात्तिकेमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् । साँखु आउँदै गरेको बा २ ख ७९५८ नम्बरको बस साँखु–नगरकोट सडक खण्डमा दुर्घटना भएको हो ।


शंखरापुरस्थित नगरकोटबाट साँखु आउने क्रममा कात्तिके भन्ने स्थानमा ब्रेक फेल भएर बस दुर्घटनामा परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । नगरकोटमा पिकनिक खाएर आउँदै गरेको बा २ ख ७९५८ नम्बरको स्कुलका विद्यार्थी बोकेका बस दुर्घटनामा परेको हो ।


दुर्घटनामा ४० जना घाइते भएका पनि उनले जानकारी दिए। उनीहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरी प्रभाग साँखुका अनुसार ४० जना घाइतेको एनएमसी अस्पताल, टिचिङ अस्पताल लगायतमा उपचार भइरहेको छ। थप विवरण आउन बाँकी छ।