देशमा दुइटा छुट्टाछुट्टै कानून बनाउनुपर्ने ज्ञानेन्द्रको व्यंग्य, ओली सरकार निरङ्कुशःप्रभु शाह

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले अब एउटा नेपालको र अर्को प्रधानमन्त्री केपी शर्मा ओलीको भनेर दुइटा छुट्टाछुट्टै कानून बनाउनुपर्ने व्यंग्य गरेका छन् । मंगलवारको प्रतिनिधिसभा बैठकमा उनले एउटा कानूनले फरक–फरक व्यवहार हुने गरेको भन्दै अब दुईवटा कानून बनाउन जरुरी देखिएको व्यंग्य गरे ।

उनले ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुल्लमखुल्ला हिँड्न पाइन्छ भन्ने कुरा प्रमाणित भएको बताए । उनले बोलेकै आधारमा सर्वसाधारण जनतालाई लगेर थुन्ने गरिएकोप्रति आपत्ति जनाए । ‘म अनुरोध गर्न चाहन्छु, कानून दुईवटा बनाउनुस् अब । एउटा ओली सरकारको कानून, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुल्लमखुल्ला हिँड्न पाइन्छ’ उनले भने, ‘एउटा नेपालको कानून बनाऔँ– जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ बोलेकै आधारमा कुट्न पाइन्छ । माननीय मन्त्री जस्तो पदमा बसेका अहिलेका मन्त्रीले आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर हिँडाइन्छ, यही हो विधिको शासन ?’

यस्तै, जनता पार्टी (आजपा) का अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार राजाको शासन कालभन्दा पनि निरङ्कुश भएको टिप्पणी गरेका छन ।
उनले सरकारले संसदीय समितिको बैठकहरुमा सुराकी पठाएको आरोप लगाएका छन् । आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले समिति र सदनमा सांसदहरुले के बोल्छन् भनेर सुराकीको रुपमा केही प्रहरी खटाएको आरोप लगाएका हुन् । ‘यतिसम्म कि अब मोबाइल (सामाजिक सञ्जाल) मा पनि विरोध गर्न बन्द गर्ने । संसद्मा पनि कुन दिन अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध हुन्छ । हामी सुन्छौं, सरकारका प्रहरीहरु सुराकीको काम गर्दैछन्, समितिमा के बोल्छन् सांसदहरु ? संसद्मा सांसदहरु कसरी प्रस्तुत भइरहेको छ ? यतिसम्म त राजाले पनि गर्दैन थियो,’– उनले भने ।

उनले सरकारले शान्तिपूर्ण विरोध गर्न पाउने नागरिकको हकमाथि प्रतिबन्ध लगाएको पनि आरोप लगाए । ‘नेपालमा लोकतन्त्र छ कि निरङ्कुशता ?’ भन्दै उनले प्रश्न गरे । निरङ्कुश भनिएको राजतन्त्रको बेलामा उफ्रिउफ्री विरोध र सभाहरु गर्ने नेता आज सत्तामा पुगेपछि आफैं निरङ्कुश बनेको उनले बताए ।दहिजो राजतन्त्र हुँदा सभा सम्मेलन गर्ने ठाउँ खुल्ला थिए । त्यतिबेला निरङ्कुश राजा भन्नेहरु आजको सिस्टमलाई के भन्ने ? आजको सिस्टमलाई लोकतन्त्र भन्ने ? जनतालाई रुन पनि नदिने, हाँस्न पनि नदिने ?’ प्रश्न गर्दै उनले भने ।

Chief Editor

Recent Posts

मन्त्री, महामन्त्री, सभापति कांग्रेस पार्टीबाट निष्कासित

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…

4 days ago

एसईईको नजिता सार्वजनिक, ६१.८१ % विद्यार्थी पास

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…

2 weeks ago

जसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…

2 weeks ago

०८४ को निर्वाचनमा कांग्रेस-एमालेको नाश हुन्छःअमरेशकुमार

नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…

3 weeks ago

भिजिट भिसा प्रकरण छानबिन सरकारले दबाएको रास्वपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…

3 weeks ago

तिनकुने घटना राज्य आतङ्कको कारण भएको राप्रपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…

3 weeks ago

This website uses cookies.