डा.बाबुराम भट्टराईले पेस गरेको प्रतिवेदन पारित

नेपाल दर्पण, काठमाडौं ।

नेपाल समाजवादी पार्टी(नेसपा नयाँ शक्ति)को काठमाडौँमा जारी बन्दसत्रले संयोजक डा.बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको छ । भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार: वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी प्रतिवेदन पेस गरेका थिए । भट्टराईले पेस गरेको प्रस्तावमाथि १२ समूहमा छलफल भएको थियो । समूहगत छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गरेको प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।

यस्तै, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले समावेशी समानुपातिक सिद्धान्तका आधारमा ९९ सदस्यीय केन्द्रीय समिति चयन हुने गरी विधान संशोधन गरेको छ । राजधानीमा जारी महाधिवेशनले सोमबार प्रत्यक्ष निर्वाचिन ९० र मनोनीत ९ रहेको केन्द्रीय समिति हुने गरी विधान पारित गरेको हो । दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम र धार्मिक, यौनिक तथा जातीय भाषिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति छनोटको आधार तय गरिएको छ । केन्द्रीय समिति अध्यक्ष खुला निर्वाचन प्रणालीबाट निर्वाचित हुने र पदाधिकारीको संख्या ११ हुने विधानमा उल्लेख छ । उपाध्यक्ष ५ मध्ये १ महिला, १ खस÷आर्य, जनजाति, उपाध्यक्ष १ मधेसी÷थारू, १ दलित हुनेछन् ।

नेसपा (नयाँ शक्ति)को महासचिव १ खुला निर्वाचन प्रणालीबाट निर्वाचित हुने प्रावधान राखिएको छ । केन्द्रीय सदस्य ७९ मध्ये प्रत्येक प्रदेशबाट २ जना (१ खुला, १ महिला) गरी १० प्रदेशबाट २० जना निर्वाचित हुनेछन् । बाँकी ५९ केन्द्रीय सदस्यमध्ये १२ जना खुला निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । जसमध्ये ६ जना खुला, २ जना महिला, २ जना युवा, २ जना युवा महिला हुनेछन् । खस आर्य क्लस्टरअन्तर्गत १४ जना सदस्यमध्ये ६ जना खुला, ३ जना महिला, ४ जना युवा, १ जना युवा महिला सदस्य हुनेछन् । थारू क्लस्टरअन्तर्गत ३ जना सदस्यमध्ये १ जना खुला, १ जना महिला, १ जना युवा सदस्य हुनेछन् । अल्पसंख्यक समुदाय मुस्लिम २ मध्ये १ खुला र १ महिलाका साथै अल्पसंख्यक तथा फरक क्षमता भएका धार्मिक यौनिक, जातीय÷भाषिक अल्पसंख्यकबाट २ जना महिला सदस्य हुनेछन् ।

Chief Editor

Recent Posts

मन्त्री, महामन्त्री, सभापति कांग्रेस पार्टीबाट निष्कासित

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…

4 days ago

एसईईको नजिता सार्वजनिक, ६१.८१ % विद्यार्थी पास

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…

2 weeks ago

जसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…

2 weeks ago

०८४ को निर्वाचनमा कांग्रेस-एमालेको नाश हुन्छःअमरेशकुमार

नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…

3 weeks ago

भिजिट भिसा प्रकरण छानबिन सरकारले दबाएको रास्वपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…

3 weeks ago

तिनकुने घटना राज्य आतङ्कको कारण भएको राप्रपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…

3 weeks ago

This website uses cookies.