नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष एवं पूर्वमन्त्री कमल थापाले राप्रपा नेपालका अध्यक्ष थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा छाडिसकेको आरोप लगाएका छन । यति मात्रै हैन उनले आफ्नो पार्टी नै हिन्दु राष्ट्र र राजसंस्थाको असली संवाहक रहेको दाबी गरेका छन् । राप्रपा नेपाल तुलनात्मक रुपमा कमजोर र सानो भएपनि यो हिन्दु राष्ट्र र राजसंस्थाको असली संवाहक रहेको तर्क गरेका छन ।
राप्रपाको पछिल्लो महाधिवेशनपछि नेतृत्व एजेण्डाबाट विचलित भएपछि आफूले फेरि राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई अगाडि बढाएको उनले बताए । राजसंस्था र हिन्दु राष्ट्रको मान्यता नै नेपालको स्थायित्व, प्रजातन्त्रको सुदृढीकरण र मुलुकको समग्र आर्थिक विकासको आधारस्तम्भ रहेको उनले बताए । ‘मेरो पार्टी तुलनात्मक रुपमा सानो छ, संगठनात्मक रुपमा कमजोर छ । तर, मलाई आत्मविश्वास छ, आत्म सन्तुष्टि छ । देशभरीका राप्रपा नेपालका कार्यकर्ताहरु शीर ठाडो गरेर भन्न सकिराखेका छन्, राप्रपा नेपाल नै हिन्दु राष्ट्र र राजसंस्थाको असली संवाहक हो,’– उनले भने ।
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…
नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…
नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…
This website uses cookies.