केपी ओली दुनियाँलाई ठग्न प्रधानमन्त्री बनेका हुनः माधव नेपाल


नेपाल दर्पण, काठमाडौं ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली दुनियाँलाई ठग्नका निम्ति प्रधानमन्त्री बनेको आरोप लगाएका छन । शनिबार काठमाडौंमा पार्टीको प्रथम उपत्यका प्रदेश अधिवेशनमा बोल्दै नेपालले ओली र जनताप्रति गम्भीर नभएको बताएका हुन् ।


उनले सरकारले रातारात अध्यादेश ल्याएको भन्दै विरोध गरे । ओली सत्तालाई आफ्नो स्वार्थमा प्रयोग गर्नमा केन्द्रित भएको उनको भनाइ थियो । उनले वर्तमान सरकारले जनतामा कुनै उत्साह जगाउन नसकेको आरोप लगाए । पछिल्लो साढे ६ महिनामा सरकारले जनतामा कुनै उत्साह जगाउन नसकेको दाबी गरे । उनले सुशासन, भ्रष्टाचार नियन्त्रण लगाएतमा सरकारको ध्यान जान नसकेको उल्लेख गरे ।


अध्यक्ष नेपालले यसअघिको सरकार बदल्नुपर्ने कुनै औचित्य र कारण नरहेको भन्दै ओलीले पदका लागि नयाँ गठबन्धन गरेको धारणा राखे । उनले नयाँ सरकार बनाउनका लागि संविधान संशोधनको बहाना बनाइएको टिप्पणी गरे । २०८७ सालमा मात्रै संविधान संशोधन गर्ने भनाइमा प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने उनको भनाइ छ । उनले संख्याको मात नदेखाउन पनि प्रधानमन्त्री ओलीलाई चेतावनी दिए ।


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र नकारात्मक टिप्पणी गर्ने प्रवृति बढेको बताएका छन् । नेपालले नकारात्मक टिप्पणी गर्नेहरुले नै पार्टीलाई सिद्धाउने खतरा रहेको जिकिर गरेका हुन् ।