नेपाल दर्पण, काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको सरकार प्रतिशोध लिनुपर्यो भनेमात्रै बलियो देखिएको बताएका छन् । उनले भने,‘सरकार बलियो त्यतिखेर देखिन्छ, जतिवेला यसले राजनीतिक प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको सबभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनुहुन्छ ।
सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कहीँ नजोडिएको आज उहाँलाई देशको सबभन्दा ठूलो सहकारी ठगको रुपमा देशभरि दौडाईँदैछ । हिजो उहाँलाई ठूलो ठूलो अफर गरेका उहाँहरु आज न्यायपालिकालाई धम्काएर भएपनि फसाईछाड्ने कसरतमा हुनुहुन्छ । त्यसको लागि सिंगो राज्यको दुरुपयोग भएको छ ।’प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै प्रचण्डले रवि लामिछानेलाई अदालतबाट धरौटीमा रिहा भैसकेपछि सांसदबाट निलम्बन कति न्यायपूर्ण र संविधानसम्मत् छ भन्ने कुरा पूर्नसमिक्षा गरिनुपर्ने माग गरे ।
यस्तै उनले आफ्नो पार्टी सत्ताको खेलमा नरहेको जिकिर गरेका छन् । प्रतिनिधिसभा बैठकमा बिहीबार सम्बोधन गर्दै प्रचण्डले आफूहरू जनतामाझ गइसकेको बताए । उनले कांग्रेस–एमालेसँग टाँसिँदा लागेको धुलो टकटक्याउँदै जनतामा फर्किएको टिप्पणी गरे । ‘हामी अब तपाईंहरूको सत्ताको खेलमा छैनौं। मैले आवेग वा उत्तेजनामा भनेको होइन। इतिहासको अनुभवबाट शिक्षा लिएर भनेको हो।’ प्रचण्डले भने, ‘हामी जनतातिर फर्किसक्यौं। सहिदका सपना पूरा गर्नेतर्फ फर्किसक्यौं ।’उनले यो सरकार आफूले ढाल्छु नभनेको पनि प्रष्टीकरण दिए ।
‘यो सरकार अप्राकृतिक छ । आफ्नै बोझले ढल्छ भन्दै आएको छु । मैले सरकार ढाल्छु भनेको छैन ।’ प्रचण्डले थपे, ‘तपाईंहरु विश्वस्त हुनुहुन्छ भने प्रधानमन्त्रीजीले किन सत्ता हस्तान्तरणको राग बारम्बार अलापिरहनुभएको छ ? शेरबहादुरजीका कान र आँखा तगडा छन् धेरै भनिराख्न पर्दैन ।’ उनले कांग्रेस एमाले ८४ सम्म मात्र होइन त्यसपछि पनि सँगै जान आग्रह गरे । आफूहरू आफ्नै सामथ्र्यमा सरकार बनाउन दृढ रहेको पनि उनले बताए ।
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…
नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…
नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…
This website uses cookies.