गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताको भारी बोकेर देश बन्दैनःकमल थापा

नेपाल दर्पण, काठमाडौं ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था र अवस्था नफेरेसम्म देश नबन्ने बताएका छन् । ‘अब मार्गचित्र नबदले मुलुक बच्न र बन्न गाह्रो भो’, थापाले थपे । थापाले अहिलेको मार्गचित्रबाट मुलुक समस्याको थप दलदलमा भासिने समेत चिन्ता व्यक्त गरे ।

गणतन्त्र, धर्म निरपेक्षता र सङ्घीयताको अनावश्यक भारी बोकेर देश नबन्ने दाबी गर्दै थापाले अब यो बाटो परिवर्तन गर्न जनता जाग्नु पर्ने बेला आएको बताए । थापाले एजेन्डा स्थापित गर्ने समय अनुकूल भएको र आन्दोलन मार्फत धक्का दिनुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *