रवि लामिछाने फेरि हिरासतमा


नेपाल दर्पण, चितवन ।
चितवन जिल्ला अदालतले रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई हिरासतमा पठाएको छ । साहारा चितवन सहकारी ठगी प्रकरणमा आज भएको थुनछेक बहस नसकिएपर्छि जिल्ला अदालत चितवनले हिरासतमा पठाएको हो ।
बुधबार थुनछेक बहस नसकिएको भन्दै न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई हिरासतमा पठाउने आदेश दिएको जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिए ।
अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो । जाहेरवाला र प्रतिवालीको तर्फबाट बहस र थुनछेक गर्नका लागि भोलि उपस्थित हुनेगरी रविलाई प्रहरीको जिम्मा लगाइएको हो ।