ओलीले नेपाली सेनासँग लिए काठमाडौं–तराई द्रुतमार्गबारे ब्रिफिङ

नेपाल दर्पण, चितवन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको काठमाडौं–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाको हालसम्मको प्रगति र विद्यमान समस्या र समाधानका उपायबारे नेपाली सेनासँग ब्रिफिङ लिएका छन् । छलफलमा नेपाली सेनाका तर्फबाट आयोजनाको सुरु बिन्दु खोकनामा जग्गा अधिग्रहणका लागि लामो समयदेखि रहेको समस्या, आयोजना क्षेत्रमा पर्ने रुख कटानमा ढिलाइ आदिबारे अवगत गराइएको थियो ।

ञप्रधानमन्त्री ओलीले सोच विचार गरेरै नेपाली सेनालाई आयोजनाको जिम्मेवारी दिइएकाले गुणस्तरीयरुपमा काम हुने विश्वास व्यक्त गर्दै उत्पन्न समस्याबारे सम्बन्धित मन्त्रालयले खोकना क्षेत्रको समस्या थप बुझेर समाधानको प्रस्ताव ल्याउन आग्रह गरेका छन । कूल ७० दशमलव ९७ किलोमिटर दूरीको दुई खर्ब ११ अर्ब ९३ करोड लागतको सो सडक आयोजना विसं २०७४ मा सुरु भएको हो ।

आयोजनाको संशोधित अवधि २०८३ चैतमा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको हालसम्मको समष्टिगत भौतिक प्रगति ३७ दशमलव ६ र वित्तीय प्रगति ३९ दशमलव ७४ रहेको जङ्गी अड्डाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्चाधिकारीको सहभागिता आयोजनाबारे छलफल भएको हो ।

Chief Editor

Recent Posts

मन्त्री, महामन्त्री, सभापति कांग्रेस पार्टीबाट निष्कासित

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…

4 days ago

एसईईको नजिता सार्वजनिक, ६१.८१ % विद्यार्थी पास

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…

2 weeks ago

जसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…

2 weeks ago

०८४ को निर्वाचनमा कांग्रेस-एमालेको नाश हुन्छःअमरेशकुमार

नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…

3 weeks ago

भिजिट भिसा प्रकरण छानबिन सरकारले दबाएको रास्वपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…

3 weeks ago

तिनकुने घटना राज्य आतङ्कको कारण भएको राप्रपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…

3 weeks ago

This website uses cookies.