कुम्भ मेलाबाट फर्किदै गर्दा गाडी दुर्घटनाग्रस्त हुदा ५ नेपालीको दर्दनाक मृत्यु

नेपाल दर्पण, नयाँदिल्ली ।

भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको भारतीय गाडी दुर्घटनाग्रस्त हुँदा ५ नेपालीको दर्दनाक मृत्यु भएको छ । उत्तर प्रदेशको प्रयागराजस्थित महाकुम्भ मेलामा स्नान गरेर फर्कने क्रममा गाडी दुर्घटना भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले मृत्यु हुने सबै नेपाली रहेको र अन्य ४ घाइतेको भारतमै उपचार भइरहेको जानकारी दिएका छन । दुर्घटनामा पर्नेहरू महोत्तरी र धनुषाका रहेका पनि उनले जानकारी दिए । उक्त दुर्घटनामा मृत्यु हुनेमा ४५ वर्षकी मन्तार्नी देवी, ३० वर्षीया अर्चना ठाकुर, ६० वर्षका बालाकृष्ण झा, ५ वर्षकी इन्दु देवी र गाडी चालक रहेका पनि उनले जानकारी दिए ।

दुर्घटनामा मनोहर ठाकुर, कामिनी झा, सृष्टि ठाकुर र जगतारण देवी घाइते भएका र उनीहरूको भारतको मुजफ्फरपुरको श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू सवार बीआर३२पीए ४६६१ नम्बरको गाडी मुजफ्फपुरको सदरथाना क्षेत्रको मादापुरस्थित मधुवनी मन्दिरनजिकै सडकमा दुर्घटना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *