रास्वपाले सबै भ्रष्टाचारकाण्डको छानबिनका निम्ति समिति माग गर्ने

नेपाल दर्पण, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले राजकीय पदमा पुगेका व्यक्तिको सम्पत्ति छानबिनका निम्ति न्यायिक आयोग गठनको माग गरिने बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले पार्टीको योजना सुनाउँदै यस्तो बताएका हुन् । सांसद वाग्लेले चर्चामा रहेका सबै भ्रष्टाचारकाण्डको छानबिनका निम्ति समिति माग गर्ने योजना पनि सुनाए । “अब अहिले चलनचल्तीमा आएका सबै काण्डहरूको पनि एकएक गरेर छानबिन समिति माग्नेवाला छौँ ।

“हाम्रो अब चिरस्थायी माग हुुनेछ, नेपालको जाँचबुझ आयोग ऐनअन्तर्गत पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशको अध्यक्षतामा न्यायिक आयोग गठन हुनुपर्नेछ । सबै राजकीय पद ग्रहण गरेका नेताहरूको सम्पत्ति छानबिन गरेर अब हामी अगाडि जानुपर्नेछ,” उनले भने । भुटानीदेखि कम्बोडियासम्म, बाइडबडीदेखि एनसेलसम्म, बालुवाटारदेखि गिरीबन्धुसम्म यी सबैको छिनोफानो अब हामीले गर्नुपर्ने हुन्छ,” उनले भने ।

वाग्लेले अहिले रास्वपा तेस्रो चरणबाट गुज्रिरहेको र आफूहरुमाथि भीषण एट्याक भैरहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजबाट सुरु भएको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले रास्वपाको अब दिग्विजयको चौथो चरण चाँडै नै सुरु हुन लागेको उद्घोष गरे । उनले भने,‘अब चौथो चरणमा जाने कुरामा हामी पूर्ण आत्मविश्वसको साथ अघि बढिरहेका छौं ।’ उनले रवि लामिछानेमाथि लगाईएको निलम्बनप्रति आक्रोश पोखे । रवि लामिछानेमाथि सिंगो राज्य प्रतिशोध र पूर्वग्रहका साथ खनिएको उनको आरोप छ । उनले दुईतिहाइको सामथ्र्य भएको वर्तमान सरकार पार्टी सभापति रवि लामिछानेमाथि खनिएर महत्वपूर्ण अवसर गुमाएको बताए ।

Chief Editor

Recent Posts

मन्त्री, महामन्त्री, सभापति कांग्रेस पार्टीबाट निष्कासित

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…

4 days ago

एसईईको नजिता सार्वजनिक, ६१.८१ % विद्यार्थी पास

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…

2 weeks ago

जसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…

2 weeks ago

०८४ को निर्वाचनमा कांग्रेस-एमालेको नाश हुन्छःअमरेशकुमार

नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…

2 weeks ago

भिजिट भिसा प्रकरण छानबिन सरकारले दबाएको रास्वपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…

3 weeks ago

तिनकुने घटना राज्य आतङ्कको कारण भएको राप्रपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…

3 weeks ago

This website uses cookies.