समाजबादी मोर्चाले सरकार विरुद्ध भव्य आमसभा गर्ने

नेपाल दर्पण, काठमाडौं ।

४ कम्युनिष्ट घटक मिलेर बनेको समाजबादी मोर्चाले आगामी माघ २४ गते काठमाडौंमा भव्य आमसभा गर्ने भएको छ । आज बसेको समाजवादी मोर्चाको बैठकले सो निर्णय गरेको हो । देशमा स्वाधीनताको मुद्दामा समस्या देखिएको, जनजीविकाको विषय जटिल बन्दै गएको, राज्य सञ्चालकको चरित्र गणतन्र विरोधी देखिएको र बहुदलीय व्यवस्थालाई कमजोर बनाउने देखिएकाले जनप्रदर्शनसहितको सभा गर्ने निर्णय गरिएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

त्यस्तै चैतको पहिलो साता मधेसमा जनप्रदर्शनसहितको सभा गर्ने निर्णय भएको उनले बताए । त्यस्तै मोर्चाको बैठकले जिल्ला जिल्लामा मोर्चाको संगठन संरचनालाई विस्तार गर्ने र यसअघि नै गठन भएका जिल्ला स्तरीय मोर्चालाई थप सक्रिय बनाउने निर्णय भएको विश्वकर्माले जानकारी दिए । त्यस्तै बैठकले उपेन्द्र यादव मोर्चाबाट बाहिरिएपछि मधेसको जिम्मेवारी नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवलाई दिने निर्णय गरेको उनले बताए । त्यस्तै मोर्चाको विचार र उद्देश्य आम जनतामा पु¥याउन समाजवादी मोर्चा प्रकाशन गर्ने निर्णय गरेको छ ।

बैठकले विचार मिल्ने अन्य पार्टीलाई मोर्चामा ल्याउन अधिकतम पहल गर्ने निर्णय पनि भएको छ । आजको बैठकले विप्लवलाई नै संयोजनको जिम्मेवारीमा निरन्तरता दिएको छ । बैठकमा तीन कम्युनिष्टघटकहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र नेपाल कम्युनिष्ट पार्टीका साथै नेपाल समाजवादीको एउटा समूह उपस्थित छ । यसअघि मोर्चामा रहेको उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल भने पछिल्लो समय मोर्चाबाट अलग बसेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री रहेका बेला उपेन्द्रको पार्टी विभाजन गरिदिएपछि उपेन्द्र उनीसँग रिसाएका छन् ।

Chief Editor

Recent Posts

मन्त्री, महामन्त्री, सभापति कांग्रेस पार्टीबाट निष्कासित

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…

4 days ago

एसईईको नजिता सार्वजनिक, ६१.८१ % विद्यार्थी पास

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…

2 weeks ago

जसपाले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…

2 weeks ago

०८४ को निर्वाचनमा कांग्रेस-एमालेको नाश हुन्छःअमरेशकुमार

नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…

2 weeks ago

भिजिट भिसा प्रकरण छानबिन सरकारले दबाएको रास्वपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…

3 weeks ago

तिनकुने घटना राज्य आतङ्कको कारण भएको राप्रपाको दाबी

नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…

3 weeks ago

This website uses cookies.