नेपाल दर्पण, काठमाडौं ।
सामाजिक सञ्जाल प्रयागकर्ताहरुलाई नियमन गर्नका लागि सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । यदि अब कसैले सामाजिक सञ्जालको प्रयोग गरी अश्लील शब्द,तस्बिर,संकेत भीडीयो,अडियो,मिथ्या वा भ्रामक सूचना प्रसार गरेमा दुई वर्षसम्म कैद सजाय वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यसै संबंधित कानून बनाउनका लागि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले उक्त विधेयक संसदमा दर्ता गराएका हुन् ।
विधेयकमा कसूर र सजायसम्बन्धी व्यवस्था छ । यसैगरी सामाजिक सञ्जालमा बीभत्स तस्बिर वा अडियो वा भिडियो पोष्ट वा सेयर गरेमा तीन महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय भोग्नु पर्नेछ । कसैले सामाजिक सञ्जालको प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गरेमा हदैसम्मको कारवाही भोग्नुपर्नेछ । उक्त व्यवस्था अनुसार कसैले सामाजिक सञ्जालको प्रयोग गरी कसैको आइडी तथा सूचना ह्याक गरेमा तीन वर्षसम्मको कैद वा पन्ध्र लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ ।
यसैगरी फिसिङ वा इम्पोष्टर स्क्याम गर्नेले पनि अब छुट पाउने छैनन् । यस्तो कसूर गरेमा तीन वर्षसम्म कैद वा पन्ध्र लाख रुपैयाँ जरिवाना तिर्नुपर्नेछ । सामाजिक सञ्जालमा बेनामी वा छदमभेषी (फेक आइड, पेज, समूह) वा अरुको नामबाट पहिचान सिर्जना गर्ने,त्यस्तो बेनामी वा छद्मभेषी पहिचानमार्फत् विषयवस्तु उत्पादन गरी पोष्ट वा सेयर गर्ने,अरुको विषयवस्तु सेयर गर्ने,कमेन्ट गर्ने वा कल गर्ने कार्य गरेमा पनि कैद वा जरिवाना व्यहोर्नुपर्नेछ ।
सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेबार बनाउन तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्नका लागि यो विधेयक ल्याइएको जनाइएको छ । सरकारले ल्याएको यो ऐन नेपालभर लागु हुनेछ र नेपाल बाहिरबाट नेपाल वा नेपाली नागरिकविरुद्ध यस ऐन बमोजिमको कसूर गर्ने व्यक्तिको हकमा समेत लागु हुनेछ । २५ लाख देखि एक करोडसम्म जरिबाना तिर्नुपर्नेछ ।
नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…
नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…
नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…
नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…
नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…
This website uses cookies.