नेपाल दर्पण, मुम्बई ।
मनकामना एकता फाउण्डेशद्धारा आयोजित श्री सत्यनाराणयको महापूजा भव्य रुपमा सपन्न भएको छ । मुम्बईको नजिकै मिरारोड स्थित आफ्नै कार्यालय तथा मनकामना मन्दिर प्रांगणमा २६ जनवरीको आयोजित श्री सत्यनारायण महापूजा तथा लक्ष्यबत्ती प्रज्वलन कार्यक्रम सपन्न भएको हो । उक्त महापुजामा सहभागि हुनका लागि मुम्बई, थाना, न्युमुम्बई, कल्याण डोम्बिवली लगायत पुनाबाट भक्तगणहरुको ओइरो लागेको थियो ।
उक्त महापुजामा अखण्ड भजनकिर्तन पनि आयोजना गरिएको थियो । किर्तनका लागि कलाकारहरु नेपालबाट आएका थिए । अखण्ड किर्तनका लागि असल न्यौपाने, नारायण पाण्डे, जीवन पाण्डे, प्रशान्त पाण्डे, नारायण आर पाण्डे र श्याम पौडेल नेपालदेखि पुना हुदै मुम्बई आएका थिए । भजन–किर्तनमा निपुर्ण कलाकारहरुको बेजोड प्रस्तुतीले उपस्थित भक्तगणहरु रमाउदै नाचगान गरेका थिए । आफ्नो अतुलनीय प्रतिभा देखाएका कलाकारहरुले भक्तगणहरुबाट राम्रो प्रशंसा समेत पाएका थिए ।
श्री सत्यनारायण महापूजा तथा लक्ष्यबत्ती प्रज्वलनको कार्यक्रममा उपस्थित सैकडौं भक्तजनहरुलाई सम्बोधन गर्दै फाउण्डेशनका अध्यक्ष मोतीलाल न्यौपानेले मनकामना प्रेमीहरुको सधै साथ र सहयोग रहने पनि अपेक्षा व्यक्त गरेका थिए । मनकामना मन्दिरको काम लगभग ८० प्रतिशत सकिएको जानकारी दिदै सम्पूर्ण रुपमा सपन्न गर्नका लागि आवश्यक परेको खण्डमा भक्तगणहरुबाट सहयोग अवश्यपनि आउला भन्ने विश्वास समेत व्यक्त गरेका थिए । मनकामना एकता फाउन्डेसनलाई माया गर्ने सबै मनकामना प्रेमीहरूको सहयोगले मन्दिर निर्माण सफल रहेको न्यौपानेको तर्क रहेको थियो । अब छिट्टै भव्यरुपमा मन्दिरको उद्घाटन गरिने पनि उनले उद्धघोष गरेका थिए ।
यसैगरि कार्यक्रम पुर्णत सफल बनाउनका लागि फाउन्डेसनका केन्द्रीय महासचिव केशव काफ्ले, उर्मिला क्षेत्री मिनप्रसाद भण्डारी, लेखनाथ अधिकारी, सरिता पैनी, ओम पाण्डे, पुरुषोत्तम न्यौपाने र सीता न्यौपाने लगायतको टोली लागि परेको थियो । आजको उक्त महापुजामा कर्ताका रुपमा नेपाल दर्पणका सम्पादक दिनमणी आर.पाण्डे र उनकी श्रीमती देवी पाण्डे रहेका थिए । कार्यक्रममा वर्ली शाखाका पदाधिकारीहरूको पनि उपस्थिती रहेको थियो । अधिकतर भक्तगणहरु मनकामनाको भव्य सुसज्जित मन्दिरप्रति आकर्षित देखिएका थिए । मुम्बईजस्तो ठाउँमा फाउण्डेशनले निर्माण गरेको मन्दिर देखेर आफुप्रति गर्व गर्नुका साथै साथै पदाधिकारीहरुलाई ह्दयदेखि धन्यवाद दिइरहेका थिए । उपस्थित सबैलाई तश्विर खिच्न र टिकटक बनाउन भ्याईनभ्याई देखिन्थ्यो ।
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…
नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…
नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…
This website uses cookies.