बैतडीमा जीप दुर्घटनाग्रस्तः २ जनाको मृत्य, ४ घाइते, चालक फरार
नेपाल दर्पण, बैतडी ।
बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–१ माडौँमा आज बिहान भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन । बिहान करिब ५ बजे जिप अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । जिपमा चालकसहित ८ जना सवार रहेको थिए । चालक फरार छन् ।
प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका–१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा सिगास–१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।