रुपन्देही अदालतले रविलाई श्रीमती निकिता पौडेलको जिम्मा लगायो

नेपाल दर्पण, काठमाडौं ।

रुपन्देही जिल्ला अदालतले पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई भोलि विहान उपस्थित् हुनेगरि श्रीमती निकिता पौडेलको जिम्मा लगाउने आदेश दिएको छ । आज थुनछेक बहस नै सुरु नभएपछि लामिछानेलाई अदालतले श्रीमती र आफ्नो कानून व्यवसायीको जिम्मा लगाएको हो । यद्धपी लामिछानेलाई भोलि विहान १० बजे नै अदालतमा उपस्थित् गराउन अदालतले भनेको छ । लामिछानेमाथि सुप्रिम सहकारी ठगीमा संलग्नताको आरोप छ ।

सुप्रिम सहकारी ठगीमा मुद्दा लागेका रविलाई जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार बयान लिइएको थियो । बयान सकिएपछि उनलाई थुनछेक बहसमा उपस्थित गराउनेगरी श्रीमती निकिता र कानुन व्यवसायीको जिम्मामा पठाउने आदेश भएको हो । जिल्ला अदालत रूपन्देहीका श्रेस्तेदार यज्ञमुर्ति ज्ञवालीका अनुसार लामिछानेलाई भोलि (बिहीबार) बिहान १० बजे अदालत उपस्थित हुनेगरी श्रीमती र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश भएको छ ।

सुप्रिम सहकारीबाट लामिछानेले दुई करोड लिएको भौचर भेटिएको भन्दै उनीविरुद्ध सहकारी ठगी मुद्दा लागेको छ । यसअघि कास्कीको सूर्यदर्शन ठगी मुद्दामा लामिछानेलाई ६५ लाख र काठमाडौंका सूर्यदर्शन ठगी मुद्दामा ६० लाख धरौटीमा रिहा हुने आदेश भएको थियो । रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दामा बुधवार अदालतमा उनको बयान सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *