नेपाल दर्पण, काठमाडौं ।
नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीबाट गल्त्याएर निकाल्नु एमालेको लागि घातक सिद्ध हुदै गएको छ । एमालेले रावललाई कारबाही गरेपछि एमाले कार्यकर्तामा वितृष्णा बढेको पाइएको छ । नेता रावललाई पार्टीबाट निकालिएपछि देशभरबाट ठूलो संख्यामा नेता–कार्यकर्ताले एमाले छोड्न थालेका छन्, जसले सुदूरपश्चिम प्रदेशमा एमालेलाई ठूलो झट्का लागेको छ ।
नेता रावलले मातृभूमि जागरण अभियान नेतृत्व गर्दै संगठन निर्माणमा लागेका छन् । उनको गृहजिल्ला अछाममा एकसाथ हजारौंले एमाले छोडेका छन्, जसमा एक हजार ८६ जना स्थानीय नेताकार्यकर्ता छन् । यी सबैले रावलको अभियानलाई समर्थन गर्ने घोषणा गरेका छन् ।
समर्थकहरूमा प्रदेश कमिटी, विभागीय, केन्द्रीय विभाग, जिल्ला कमिटी सचिवालय, प्रवास प्रतिनिधि, जिल्ला सल्लाहकार, नगर तथा वडा कमिटी पदाधिकारी, अनेम संघ, र जनवर्गीय संगठनका पदाधिकारीहरू समेत समावेश छन् ।
यता एमालेले ड्यामेज कन्ट्रोल गर्नका लागि नेता वामदेव गौतमलाई पार्टीमा भित्राउन लागेको छ । यसका आज छलफल हुनेछ । गौतमलाई पार्टीमा के जिम्मेवारी दिने भन्नेबारे सचिवालयमा छलफल हुन लागेको हो । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक गौतम एमालेमा फर्किने तयारीमा छन् । आइतबार बिहान प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओलीसँग फोनवार्ता भएको थियो । फोन वार्तापछि उनले आफू एमालेमा नै जान तयार भएको प्रतिक्रिया दिएका थिए ।
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…
नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…
नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…
This website uses cookies.