नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक रवि लामिछाने विरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता भएको छ । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले मुद्दा दायर गरेको छ । आज (आइतबार) लामिछाने, नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीसहित १४ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर गरिएको हो ।
उनीहरुविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको छ । यसअघि २८ जनालाई प्रतिवादी कायम गरी मुद्दा दायर भइसकेको थियो । योसँगै सुप्रिम सहकारी ठगीमा ४२ जना प्रतिवादी बनेका छन् । लामिछानेविरुद्ध चार करोड रुपैयाँभन्दा बढी बिगो माग दाबी गरिएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालयले ट्रक (प्रहरीको वान्टेन) भरेर मुद्दामा लाग्ने प्रमाण र मिसिल अदालत पठाएपछि त्यसलाई रुजु गरेर साँझ दर्ता गरिएको हो ।
‘बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा थप अभियोग र पुरक अभियोगबाट ३९ जना विरुद्ध आज मुद्दा दर्ता भएको छ, ’जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीले अन्नपूर्ण पोष्टसँग भने,’ मुद्दाका सबै प्रतिवादी फरार छन् । लामिछाने गृहमन्त्री भएको बेला सहकारी ठगीमा उनलाई उनमुक्ति दिँदै २८ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । त्यसपछि थप अभियोगबाट १७ जना र पुरक अभियोगबाट लामिछानेसहित २२ जना विरुद्ध मुद्दा दर्ता भएको श्रेष्तेदार ज्ञवालीले बताए ।
रुपन्देही प्रहरीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम अपचलन प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । सहकारीको रकम अपचलन सम्बन्धमा यसअघि लामिछाने गृहमन्त्री भएको बेला एक हजार आठ सय ३१ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७ सय ५४ रुपैयाँ अपचलन गरेको दाबी २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम ठगीको अभियोगमा धरौटी बुझाएर रिहा भएका हु्न् । कास्की जिल्ला अदालतमा ६५ लाख र काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटीमा लामिछाने थुनामुक्त भएका हुन् । कास्की प्रहरीको नियन्त्रणमा रहेका बेला लामिछानेलाई गत कात्तिक २७ गते भैरहवा ल्याएर सुप्रिम सहकारी रकम अपचलनका सम्बन्धमा साढे २३ घण्टा बयान लिइएको थियो । जसमा उनले इन्कारी बयान दिएका थिए ।
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…
नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…
नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…
This website uses cookies.