हिउँदे अधिवेशन नडाके माओवादीले ७ वटै प्रदेशमा आगो बाल्ने

नेपाल दर्पण, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले ७ वटै प्रदेशमा आगो बाल्ने भएको छ । उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले एक÷दुई दिनभित्रै सरकारले सदन अधिवेशन नबोलाए आगो बोल्ने बताएका हुन । सिन्धुपाल्चोकमा आयोजित नगरसभा कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारले सदन बोलाउन नचाहेको प्रसंग निकाल्दै आफूहरुले अब तत्काल विशेष अधिवेशन बोलाउने उद्घोष गरेका हुन् ।

उनले भने,‘अब बानेश्वरमा ३२ जनाले आगो बाल्नेछन् । सबै विपक्षी मोर्चाहरूको बैठक तपाईंहरूले सुनिरहनु भएको छ, सदन बोलाएन भने, संविधानमा व्यवस्था छ, २५ प्रतिशतले सदन बोलाउन पाइन्छ । अब हामी बोलाएनन् भने भोलि पर्सि नै सदन बोलाउनेछौं ।’सापकोटाले सदनमा माओवादी आगो भएर प्रस्तुत हुनेपनि खुलाए । उनले थपे,‘हामीले सदन बोलाएपछि पहिलो दिन नै त्यहाँ आगो बल्नेछ । हाम्रो ३२ जनाले हेटौंडा, सुर्खेत, बुटवल, धनगढी, लगायत सातवटै प्रदेशमा आगो बल्नेछ ।’

यता, नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफू प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन डाकेको मिति स्मरण गर्न अनुरोध गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संसद् अधिवेशन बोलाउन माग गरेको समाचार सार्वजनिक भएपछि महासचिव पोखरेलले आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम साता बोलाएको बिर्सनु भए छ कि क्या हो? भनेर कटाक्ष गरेका छन् ।

’प्रचण्डजी प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम साता बोलाएको बिर्सनु भएछ कि क्या हो ? उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउँदे अधिवेशन नडाकेकोमा ठूलो चिन्ता भएछ । अनि उहाँले प्रतिपक्षमा रहेका दलहरूको बैठक डाकेर विशेष अधिवेशन बोलाउने घुर्कीसमेत लगाउनु भएछ । विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै तर पनि विपक्षी दलको नेता भएपछि घुर्की त लगाउनै प¥यो क्यारे होइन त ?’, महासचिव पोखरेलले लेखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *