नेपाल दर्पण, काठमाडौं ।
प्रष्ट र निडर रुपमा बोल्ने प्रखर नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा.चन्द्रकान्त भण्डारीले वर्तमान सरकार हुकुमी शासनतिर लम्किएको बताएका छन । एउटा मिडीयालाई दिएको अन्तरवार्तामा बोल्दै उनले अध्यादेश मार्फत शासन चलाउन खोजेका वर्तमान प्रधानमन्त्री ओली सरकारतिर लक्षित गर्दै उक्त कुरा बताएका हुन । उनले सदन छदाछदै ओली सरकारले अध्यादेश ल्याउन नहुने बताएका छन् । एउटा व्यक्तिबाट शासन सञ्चालित भयो भनेर राजतन्त्र फ्याँकेको स्मरण गराउँदै उनले हुकुमबाट कानुन बनाउने कुरा गलत हुने बताए ।
‘सदन छदाछदै अध्यादेश ल्याउनु भनेको गलत हो, संविधान, संसदीय व्यवस्थामाथिको अविस्वास हो । अध्यादेश ल्याउन हुँदैन । अध्यादेशबाट ल्याउनु भनेको हुकुम हो, हुकुम प्रमाणित हो । हामीले एउटा व्यक्तिबाट शासन सञ्चालित भयो भनेर राजाको अधिकार सिंहदरबारमा ल्यायौं । सिंहदरबारको अधिकार गाउँ पुर्यायौं । मुलुक सञ्चालन गर्ने जनप्रतिनिधि बनायौं भने अध्यादेशबाट ल्यान खोज्नु, सदन सञ्चालन नगर्नु अत्यन्त अप्रजातान्त्रिक कुरा हो । यो अत्यन्त गलत कुरा हो,’– उनले भने ।
प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान व्यवस्थाकै लागि लामो संघर्ष गरेको स्मरण गराउँदै उनले प्राप्त विधि र प्रक्रिया मिच्ने अधिकार कसैलाई नहुने बताए । ‘केपी ओली र शेरबहादुर जी यो संसदीय व्यवस्थाका लागि जेल बस्नुभयो, यही विधि र प्रक्रियाका निम्ति । प्रचण्डजीले हतियार उठाउनु भयो, यही विधि र प्रक्रियाका लागि । यही विधि र प्रक्रियालाई मिच्ने अधिकार कसैलाई पनि छैन । पछाडि फर्किने अधिकार कसैलाई पनि छैन । यो अत्यन्तै गलत हो । कुनै साथीहरुले भन्नुहुन्छ, यो सहमतिबाट आएको हो । सहमति गरेर विधि र प्रक्रिया मिच्न मिल्दैन,’– उनले भने ।
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…
नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…
नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…
This website uses cookies.