नेपाल दर्पण, काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झालाई थुनामा राख्नुपर्ने कारण पेश गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । बन्दी प्रत्यक्षीकरण निवेदन लिएर सर्वोच्च अदालत पुगेका बेचनलाई छाड्न अदालतले अस्वीकार गर्दै थुनामा राख्नुको कारण माग गरेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएपछि उच्च अदालत पुगेका झा उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका थिए ।
न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले बेचनलाई छाड्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ । झाले पुस ४ गते सर्वोच्चमा निवेदन दर्ता गराएका थिए । सो निवेदनमाथि गत पुस ५ गते न्यायाधीश कुमार रेग्मीको इजलासले कैफियत प्रतिवेदन माग गरेपछि झा फेरि बुधबार बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर अदालत पुगेका हुन् ।
जिल्ला अदालत काठमाडौँले थुनामा पठाएपछि उनी उच्च अदालत पाटन पुगेका थिए । उच्चले पनि जिल्लाकै आदेश सदर गरेपछि उनी सर्वोच्च पुगेका हुन् । उच्च अदालतका न्यायाधीशहरू अन्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने निर्णय सदर गरेको थियो । २०८१ भदौ २ गते जिल्ला अदालत काठमाडौँले थुनामा पठाउने आदेश गरेको थियो ।
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…
नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…
नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…
This website uses cookies.