यो देशमा न्याय अझै मरेको छैनः रवि लामिछाने

नेपाल दर्पण, काठमाडौं ।

रास्वपाका सभापति रवि लामिछानेले न्याय अझै नमरेको टिप्पणी गरेका छन् । सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला आलतको आदेशपछि ६० लाख धरौटी बुझाएर निस्किएने क्रममा उनले उक्त कुरा बताएका हुन । उनले आफ्ना समर्थकहरूका बीचमा उभिएर संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् । उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिए भने न्यायालयप्रति सम्मान रहेको बताए ।

उनले भने, ‘सहयोग गर्ने सबैलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु, न्याय प्रक्रियालाई सघाउन आएको हुँदा अदालतप्रति सम्मान प्रकट गर्न चाहन्छु, न्यायालयलाई विशेष धन्यवाद दिन चाहन्छु, यो देशमा न्याय मरेको छैन ।’ पूर्वगृहमन्त्री लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आज आदेश दिएको थियो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उक्त आदेश दिएको हो । काठमाडौँ कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा उनीविरुद्ध मुद्दा परेको थियो । यसअघि पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा ६५ लाख धरौटी बुझाएर उनी छुटेका थिए । अझै ३ जिल्लामा उनीविरुद्ध सहकारी ठगीको मुद्दा विचाराधीन छ ।

लामिछानेले इन्कारी बयान दिए पनि १,८०,००० थान शेयरमा लगानी गर्न इच्छा भएको भन्दै निवेदन दिएको आदेशमा उल्लेख छ । ‘स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोर्खा नेटवर्क मिडिया प्रा.लिको खातामा आएका रकमका बारेमा आफूलाई केही थाहा नभएको । आफूले कुनै रकम लिए खाएको नहुँदा निर्दोष छु भनी कसूरमा इन्कार रही बयान गरेको देखिए पनि प्रतिवादी रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रा.लि.का विक्रीमा रहेको १,८०,००० थान शेयरमा लगानी गर्न इच्छा भएको निवेदन माग वमोजिम यस प्रा.लि.मा विक्रीमा रहेको शेयर मध्ये १,८०,००० शेयर खरिद गर्न अनुमति पाउँ भनी निवेदन दिई शेयर लिएको देखिंदा निजले उक्त प्रा. लि. को शेयर खरिद गरिलिएको देखिइ निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रा.लि.को शेयर होल्डर एंव प्रबन्धक निर्देशक समेत रहेको देखियो,’ आदेशमा भनिएको छ ।

लामिछाने प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्नसक्ने अवस्था नेदिएको भन्दै मुद्दाको प्रकृतिसमेतलाई मध्यनजर राखी मुद्दाको कारबाहीको सिलसिलामा प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको प्रयोजनका लागि हाललाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतका आधारमा यी प्रतिवादी रवि लामिछानेबाट रु. ६०,००,०००÷– (साठ्ठी लाख रुपैयाँ) नगद धरौट वा सो बराबरको जेथा जमानत दिए लिई तारीखमा राख्न आदेश दिइएको हो।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

6 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.