फ्लाई दुबईले भैरहवाबाट फेरि शुरु गर्यो उडान

नेपाल दर्पण, भैरहवा ।

फ्लाई दुबईले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल भैरहवाबाट उडान फेरि थालेको छ । मौसमको कारण देखाउँदै फ्लाई दुबईले मंसिर अन्तिम साताबाट उडान रोकेको थियो । उडान थालेको पहिलो दिन आइतवार दुबईबाट ९० जना यात्रु लिएर जहाज गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

जहाजमा आएका ९० जना यात्रुमध्ये ८३ यात्रु भने सोही उडानबाट काठमाडौँ गएका छन । १५ जना दुबई जानका लागि भैरहवाबाट प्रस्थान गरेको विमानस्थल प्रशासनले जनाएको छ । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाई दुबईले पुनः दुबई–भैरहवा–काठमाडौँ उडान आइतवार शुरु गरेको हो। सूचना अधिकारी रावतले अब फ्लाई दुबईले भैरहवाबाट नियमित उडान गर्ने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *