नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देश–विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याएका योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माताको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिइँदैछ ।
तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए । पछिल्ला वर्षमा उनको योगदानका कदर गर्दै सरकारले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ । नेपाली सेनाले पनि पृथ्वी जयन्तीका अवसरमा हरेक वर्ष सैनिक मुख्यालय भवन जङ्गीअड्डा परिसरमा रहेको राष्ट्रनिर्माताको पूर्णकदको सालिकमा माल्यार्पण गरी सम्मान प्रकट गर्दै आएको छ ।
यसै अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली अर्पण गरेका छन् । ३०३ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको पश्चिम ढोकाअगाडि रहेको पृथ्वीनारायणको सालिकमा उनले श्रद्धाञ्जली अर्पण गरेका हुन् । यो अवसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । राष्ट्रनिर्माताले त्यसबेला दिएका अर्ति मुलुकमा सुशासन कायम गर्न निकै उपयोगी रहेको जनाउँदै कैयौँ सङ्घसंस्थाले विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा समावेश गर्न माग गरेका छन् । उनको ५२ वर्षको उमेरमा विसं १८३१ मा निधन भएको हो ।
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…
नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…
नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…
This website uses cookies.