८४ दिनपछि रिहा भए रवि लामिछाने

नेपाल दर्पण, कास्की ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि बिहीबार साँझ उनी ६५ लाख धरौटी बुझाएर रिहा भएका हुन् । थुनछेक बहसपछि न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसँग धरौटी माग गरेको थियो । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने ८४ दिनपछि रिहा भएका हुन् । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले यसअघि नै पक्राउ पूर्जी जारी गरिसकेको छ ।

काठमाडौं महानगरपालिका–१४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारीबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएको प्रकरणमा लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । प्रहरी स्रोतका अनुसार लामिछाने काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुनेछन् । कास्कीबाट रिहा हुनेवित्तिकै उनलाई पक्राउ पर्ने तयारी थियो । तर, आफैं काठमाडौं जिल्ला अदालतमा हाजिर हुने शर्तमा लामिछानेलाई छाडिएको हो ।

रास्वपाका नेता मिलन लिम्बुका अनुसार सभापति लामिछाने आज पोखरा बसेर भोलि विहान काठमाडौं आउनेछन् । ‘उहाँ आज पोखरा नै बस्नुहुन्छ । भोलि विहान काठमाडौं आउनु हुन्छ,’– नेता लिम्बुले रिपोर्टर्स नेपालसँग भने । अदालतबाट रिहा भएसँगै लामिछानेलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल लगेको छ । स्वास्थ्य परीक्षणपछि लामिछानेलाई परिवारका सदस्यको जिम्मा लगाइने प्रहरी स्रोतले बताएको छ ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

6 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.