आफ्नो तारिफ आफै गर्न व्यस्त ओली

नेपाल दर्पण, काठमाडौं ।

प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नो तारिफ आफै गर्न व्यस्त भएका छन । बिहीबार अनेरास्ववियुको कार्यशालामा उनले आफू साधारण र इमानदार मान्छे भएको दाबी गरेका छन् । ओलीले आफू साधारण र इमान्दार मान्छे भएको बताए । “को केपी ओली भन्ने कुरा म बताउन्न । मैले थाहा पाएको भनेको, एउटा साधारण मान्छे हो । इमानदारिताका साथ काम गर्छ,” ओलीले भने, “तर, झिँगाले सरापेर गाई वस्तु मर्दैन ।”

विगतमा एमालेलाई टर्च लाइट बाल्दा पनि भेटाउन नसक्ने बनाउने अभिव्यक्ति दिनेले आफूलाई पनि बिर्सिएको टिप्पणी गरे । “एमालेलाई भित्तामा टाँसिदिने रे के । भित्तामा टाँसेपछि फोटो भएन ? एमाले छायाँ बनाउँछु भने । केपी ओली को ? को केपी ओली ? यति पनि बिर्सने भए क्या । यस्तै बिर्सिएको राम्रो । मेमोरी पावरले तिमीहरूको त्यसैगरी काम गरोस्,” ओलीले भने ।

उनले एमालेलाई भित्तामा टाँसिदिने जस्ता अभिव्यक्ति दिनेहरूलाई पन्छाएर एमाले देशमा जनताले सबैभन्दा धेरै मन पराएको राजनीतिक दल रहेको बताए । प्रधानमन्त्री ओलीले भन, ‘एमालेलाई मार्छौं, सिध्याउँछौँ भने, उधुम कराए । चुनावपछि टर्च लाइट बालेर खोज्दा एमाले भेटिँदैन भने । भित्तैमा टाँसिदिन्छु भने । एमाले कुनै अस्तित्वमा छैन, एउटा छायाँ बनाउँछु भने । के भनेनन केपी ओली, को केपी ओली ? अब को केपी ओली भन्ने म बताउन्नँ ।

प्रधानमन्त्री ओलीले युवा शक्ति एमालेसँग छ कि छैन भन्ने कुरा फागुन १५ को अनेरास्ववियुको निर्वाचनबाट देखाउनुपर्ने बताए । उनले प्रचारबाजी र भ्रम लामो समयसम्म टिक्न नसक्ने बताए ।

Chief Editor

Recent Posts

गृहमन्त्रीको राजीनामा मागबाट पछि हट्यो रास्वपा

नेपाल दर्पण, काठमाण्डौं । भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने,…

1 week ago

भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने निष्कर्षमा विपक्षी दलहरू

नेपाल दर्पण, काठमाण्डौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन समिति गठन…

1 week ago

ओलीले पूर्वाग्रहका साथ भ्रष्टाचार मुद्दा लगाइएको नेपालको दाबी

नेपाल दर्पण, काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वाग्रहका साथ प्रधानमन्त्री…

1 week ago

राजावादी आन्दोलनबाट आत्तिएका प्रमुख दल छलफलमा जुटे

नेपाल दर्पण, काठमाण्डौं । राजावादी आन्दोलनबाट आत्तिएका प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले…

2 weeks ago

६ % आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्यका साथ बजेट पेश

नेपाल दर्पण, काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल…

3 weeks ago

वर्तमान व्यवस्थाविरुद्ध राजावादीको अनिश्चितकालीन आन्दोलन शुरु

नेपाल दर्पण, काठमाण्डौं । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै राजतन्त्र समर्थकहरुले आज काठमाडौंमा विशाल प्रर्दशन गरेका…

3 weeks ago

This website uses cookies.