नेपाल दर्पण, काठमाडौं ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन फेरि एकपटक मिल्ने तयारीमा जुटेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेको तीन वर्ष पुग्न लागेका बेला र पृथ्वीजयन्ती नजिकिएको मौकामा अध्यक्ष थापाले राप्रपा अध्यक्ष लिङ्देनसहित नेताहरूसँग संवाद बढाएका छन् । अध्यक्ष थापाले पछिल्लो समय राप्रपा अध्यक्ष लिङ्देन, पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी, बुद्धिमान तामाङ, विक्रम पाण्डे, उद्धव पौडेल, मोहन श्रेष्ठलगायत नेताहरूसँग पार्टी एकतालगायत विषयमा कुराकानी गरेको पुष्टि गरेका छन् ।
आफूले राप्रपा नेताहरूसँग पार्टी एकताबारे कुरा गर्दा जबाफ सकारात्मक आएको पनि थापाले जानकारी दिए । ‘कुराकानी सकारात्मक नै छन् तर उहाँहरूले स्पष्ट जबाफ दिनुभएको छैन,’ अध्यक्ष थापाले भने । पार्टी एकताको दिशामा ठोस प्रयास गर्न भने बाँकी नै रहेको उनको भनाइ छ । यता, यसबारे राप्रपाका नेताहरूसँग कुराकानी गर्दा दुई पार्टीका नेताहरूबीच संवाद अघि जानकारी आएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पनि अध्यक्ष लिङ्देनसहित नेताहरूसँग राप्रपा अध्यक्ष थापाले भेटवार्ता गरेको बताए ।
स्मरणरहोस, २०७८ मंसिरमा भएको राप्रपा महाधिवेशनमा अध्यक्षमा थापा र लिङ्देनबीच प्रतिस्पर्धा हुँदा लिङ्देन विजयी भएका थिए । अध्यक्षमा पराजित भएपछि २०७८ माघ २५ गते थापाले गृहजिल्ला मकवानपुर पुगेर ‘अत्यन्त भारी मन र पीडाबोधका साथ राप्रपाबाट अलग हुने निर्णय गरेको’ भन्दै पार्टी परित्यागको घोषणा गरेका थिए । राप्रपा अध्यक्षमा पराजित हुनुमा थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका देखाउँदै असन्तुष्टि जनाएका थिए । महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवासले चलखेल गर्दा आफू पराजित भएको त्यसबेला थापाको भनाइ थियो । २०७८ फागुन १ गते थापाले राप्रपा नेपाल ब्युँताउँदै राजसंस्थाको एजेन्डा छाडेर हिन्दुराष्ट, सुशासन र समृद्धिलाई पार्टीको मूल एजेन्डा घोषणा गरेका थिए ।
तर यसबीचमा भएका स्थानीय, प्रदेश र संघीय चुनावमा राप्रपा नेपालले राम्रो मत ल्याउन सकेन । २०७९ मंसिरमा भएको संघीय चुनावमा देशैभरबाट समानुपातिकतर्फ राप्रपा नेपाललाई करिब ११ हजार मत मात्रै आएको थियो भने लिङ्देन नेतृत्वको राप्रपाले प्रतिनिधि सभामा १४ सिट ल्यायो । यतिमात्रै हैन, राप्रपा र राप्रपा नेपालबीच नै चुनावी प्रतिस्पर्धासमेत भयो– हेटौंडामा । नेकपा (एमाले) को चुनाव चिह्न सूर्य लिएर मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवार भएका कमल थापालाई राप्रपाका उम्मेदवार दीपक सिंहले हराएका थिए । आफू एमालेको चिह्न लिएर एमालेकै समर्थनमा चुनाव लड्दासमेत जित्न नसकेकोलगायत कुराले पनि हुन सक्छ, राप्रपा नेपाल अध्यक्ष कमल थापा फेरि राजसंस्थाकै एजेन्डामा फर्किए ।
पूर्वराजाको भूमिकामा प्रश्न गर्दै राप्रपा परित्याग गरेको करिब १८ महिनापछि राप्रपा नेपालका अध्यक्ष थापाले राजसंस्था एजेन्डालाई आत्मसात् गरेको अभिव्यक्ति दिए । राजसंस्थावादी शक्तिहरू विगतमा पनि जुट्दै फुट्दै आएका छन् । विगतमा फरक–फरक पार्टीमा रहेका पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी अहिले लिङ्देनसँगै राप्रपामै छन् भने थापा मात्रै राप्रपा नेपालमा छन् ।
नेपाल दर्पण, काठमाण्डौं । भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने,…
नेपाल दर्पण, काठमाण्डौं । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि उच्चस्तरीय छानबिन समिति गठन…
नेपाल दर्पण, काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले पूर्वाग्रहका साथ प्रधानमन्त्री…
नेपाल दर्पण, काठमाण्डौं । राजावादी आन्दोलनबाट आत्तिएका प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ मा छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल…
नेपाल दर्पण, काठमाण्डौं । राजसंस्था पुनस्र्थापनाका लागि भन्दै राजतन्त्र समर्थकहरुले आज काठमाडौंमा विशाल प्रर्दशन गरेका…
This website uses cookies.