नेपाल दर्पण, काठमाडौं ।
नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् खनालले आफू कुनै पार्टीमा सक्रिय नरहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले स्ट्याटस लेख्दै भनेका छन्, ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’
खनालले लेखेका छन्, “म स्वतन्त्र रूपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु ।” आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् । ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पु¥याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैं लडिरहनेछु ।’
खनालले २६ औं प्रहरी प्रमुखका रुपमा २०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको नेतृत्व गरेका थिए । ३० वर्षे सेवा अवधिका कारण अवकाश भएपछि उनी नेकपा एमालेसँग जोडिएका थिए । पछि औपचारिक रुपमै ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरे । उनी गत २०७९ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा एमालेबाट टिकट लिएर काठमाडौं निर्वाचन क्षेत्र नं. ६ मा उम्मेवदार बनेका थिए । त्यस्तै, प्रतिनिधि सभा उपनिर्वाचनमा उनलाई एमालेले तनहुँ–१ मा उम्मेदवार बनाएको थियो । तर, उनले दुवै पटक पराजय व्यहोरेका थिए ।
पार्टीले पटक–पटक अवसर दिँदा पनि उनले एमाले छाड्नुलाई विशेष रुपमा हेरिएको छ । ‘एमाले परित्याग गरेर कुन पार्टीमा जाने तयारी गर्नु भएको हो ?’ भन्ने प्रश्नमा उनले भने, ‘अहिले म कुनै पनि पार्टीमा आवद्ध छैन । मैले स्वतन्त्र रुपमा रहने निर्णय गरेँ । यती नै हो कुरा, अहिले म अरु केही भन्दिनँ । अहिले अरु कुनै पार्टीमा आवद्ध हुने सोच पनि छैन ।’
नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेस अनुशासन समितिले पार्टीको लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल र…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नजिता सार्वजनिक गरेको…
नेपाल दर्पण, काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता…
नेपाल दर्पण, काठमाण्डौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले ०८४ को निर्वाचनमा नेपाली कांग्रेस नाश…
नेपाल दर्पण, काठमाण्डौं । सरकारले रास्वपाले उठाएका माग दबाएर शक्ति देखाइरहेको दाबी गरेको छ ।…
नेपाल दर्पण, काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तिनकुनेमा भएको दुर्घटना राज्य आतङ्कको कारण भएको…
This website uses cookies.