डीपी अर्याल बने रास्वपाको कार्यवहाक सभापति

नेपाल दर्पण, काठमाडौं ।

डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको कार्यवहाक सभापति बनेका छन् ।सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा मुद्दा चलेपछि उपसभापति रहेका अर्याललाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति बनाइएको कविन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार संसदीय दलको नेता भने तोकिएको छैन । अहिले उपनेता विराजभक्त श्रेष्ठकै अध्यक्षतामा दलको बैठक बस्ने उनले बताए । दलको नेता भने थप छलफल गरेर तोकिने उनले जानकारी दिए ।

रास्वपा सभापति लामिछाने गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । प्रहरी हिरासतमा रहँदासमेत कार्यवाहकको जिम्मेवारी नदिएको भनी आलोचना भइरहेको अवस्थामा अर्याललाई कार्यवाहको भूमिका दिइएको हो । रास्वपाको विधानअनुसार उमेरले जेष्ठ उपसभापति कार्यवाहकको भूमिकामा रहन्छन् । रास्वपाका अर्का उपसभापति डा. स्वर्णिम वाग्लेको सहमतिमै डीपीलाई कार्यवहाकको जिम्मेवारी दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *