भारतका लागि राजदूत डा शङ्करप्रसाद शर्मा नियुक्त
नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका निम्ति नवनियुक्त नेपाली राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । सोमबार राष्ट्रपतिको कार्यालयमा शपथ गराइएको हो ।
राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा. शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शङ्करप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
शपथग्रहण समारोहमा सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।