नेपाल दर्पण, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा मुद्दा दर्ता भएको छ । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका लामिछानेसहित ३१ जनाविरुद्ध अभियोगपत्र दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादीहरुविरुद्ध अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी रहेको छ । प्रतिवादीहरु लिला पछाई र विश्वविक्रम राईविरुद्ध भने क्रिप्टो कारोबारअन्तर्गत पनि मुद्दा अगाडि बढाइएको छ ।
जिल्ला सरकारी वकीलको कार्यालय, कास्कीले आइतबार जिल्ला अदालत, कास्कीमा लामिछाने विरुद्ध मुद्दा दर्ता गरेको हो । पूर्व गृहमन्त्री लामिछाने विरुद्ध मुद्धा दर्ता गरिएको अदालतका प्रवक्ता सुरज अधिकारीले बताए। “रवि लामिछाने विरुद्धको मुद्दा दर्ता भएको छ,” अधिकारीले भने, “तीन वटा कसूर लगाइएको छ । ४२७ पृष्ठको अभियोगपत्र भएकाले अध्ययन गरिरहेका छौं ।” जिल्ला अदालतका प्रवक्ता अधिकारीका अनुसार लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसूरमा मुद्दा दायर गरिएको हो। अभियोगपत्रमा लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी सहित ४४ वटा व्यक्ति र कम्पनीलाई विपक्षी बनाइएको छ ।
पूर्व डीआईजी जोशीलाई गत असोज ६ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो । त्यस्तै, पूर्व गृहमन्त्री लामिछानेलाई गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा ल्याइएको थियो । दुवै जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिए । सम्पत्ति शुद्धीकरण मुद्दामा ९० दिन हिरासतमा राख्न सकिने कानूनी व्यवस्था छ । त्यसैका आधारमा उनीहरूलाई पुस ५ गतेसम्म हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिइएको थियो । पुस ६ गते शनिबार भएकाले आज जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकीलको कार्यालयले जनाएको छ । अब यस मुद्दामा थुनछेक बहस हुनेछ । सुनुवाइपछि पुर्पक्षका लागि धरौटीमा छोड्ने वा जेल चलान गर्ने भन्ने अदालतले ठहर गर्नेछ ।
दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…
NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…
नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…
नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…
आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…
नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदाललेत मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ…
This website uses cookies.