जनकपुर बोल्ट्सले जित्यो नेपाल प्रिमियर लिगको उपाधि

नेपाल दर्पण, काठमाडौं ।

जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ । समूह चरण र पहिलो क्वालिफायरमा भोगेको हारको बदला लिँदै आज भएको फाइनल खेलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पाखा लगाएको हो । लिग चरणमा जनकपुर ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले सुदूरपश्चिमसँगको खेल गुमाएको थियो । ओपनर लहिरु मिलान्थाको उत्कृष्ट ब्याटिङप्रेरित जनकपुर बोल्ट्सले फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि जितेको हो । मिलान्थाले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ८७ रन बनाए । आक्रामक रूपमा ब्याटिङ गरेका उनले ४९ बलमा नौ चौका र चार छक्का प्रहार गरे ।

उपाधिसँगै जनकपुरले एक करोड १० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । उपविजेतामा चित्त बुझाएको सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पुरस्कार पाउनेछ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रस्तुत गरेको १८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । योसँगै मिलान्था प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने ब्याटर बने । उनले १० इनिङ्समा दुई अर्धशतकसहित २९३ रन बनाए । मिलान्थाले यसअघि प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किंग्सविरुद्ध अर्धशतक बनाएका थिए । फाइनलमा मिलान्थाले ११.१ ओभरमा जीवनदान पाएका थिए । दीपेन्द्रसिंह ऐरीले गरेको उक्त ओभरमा दीपेन्द्रले नै मिलान्थाको क्याच ‘मिस’ गरेका थिए ।

जनकपुरका ओपनरद्वय कप्तान आसिफ शेख र लहिरु मिलान्थाले उत्कृष्ट सुरुआत दिलाएका थिए । यी दुईले सात ओभरमा ७३ रन बनाएका थिए । सातौँ ओभरको अन्तिम बलमा आउट हुनुअघि आसिफले १९ बलमा चार चौका र दुई छक्कासहित ३३ रन जोडे । आसिफलाई सुदूरपश्चिमका सैब जैबले ब्रान्डन म्याकमुलमबाट क्याच गराए । ७३–१ को स्थितिबाट दोस्रो विकेटका निम्ति मिलान्थाले मोहमद मोहसिनसँग ३२ रनको साझेदारी गरे । मोहसिन भने सस्तैमा आउट भए । १०औँ ओभरको अन्तिम बलमा इशान पाण्डेबाट बोल्ड हुनुअघि उनले आठ बलमा एक छक्कासहित नौ रन बनाए ।

१०५–२ को स्थितिबाट मिलान्थाले तेस्रो विकेटका निम्ति हर्ष थाकेरसँग ६१ रनको साझेदारी गर्दै जनकपुरलाई जितनजिक पु¥याएका थिए । अविजित रहेका हर्ष थाकेर र मयन यादवले क्रमशः ३० र दुई रन बनाए । दोस्रो क्वालिफायरमा यसअघि कर्णाली याक्सविरुद्ध ४५ रन बनाएका जिम्मी निसम भने सस्तैमा आउट भए । उनले चार रन मात्र बनाए । आकाश त्रिपाठी दुई रनमा रनआउट भए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुग्गेलेन, सैब जैब र इशान पाण्डेले समान एक विकेट लिए ।

Chief Editor

Recent Posts

लामिछाने विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…

15 hours ago

कविताः म भित्र को ऊ

दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…

15 hours ago

कविता:मेरा गुरु र साथी

NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…

15 hours ago

देउवा र प्रचण्डलाई एकै मञ्चमा देखेपछि सरकार ढल्ने त्रासमा ओली

नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…

16 hours ago

कविताः कसरी चिन्ने होला ?

आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…

2 days ago

व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

नेपाल दर्पण, काठमाडौं । सर्वोच्च अदाललेत मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ…

2 days ago

This website uses cookies.