कविताः कसरी चिन्ने होला ?

आजभोलि मान्छेहरु
अगाडि पर्दा
हात जोड्छन
माया देखाउछन
सम्मान गरे झै गर्छन् ।
तर सामुन्नेबाट टाढिएपछि
आफ्नो स्वार्थ पूरा नहुने देखेपछि
अफवाह फैलाएर
शान्त तलाउमा ढुङा हान्दा रहेछन
मिठो बोल्नेहरु
लुकेको पापी स्वरुप देखाएर
पवित्र सम्बन्ध धुजा धुजा पार्न
मर्ने गरि खुट्टा तानेर
हृदयमा
छुरा धस्दा रहेछन् ।
त्यति धेरै चासो राख्नेहरु
किन कपटी होलान र ?
उसकै बारीको मकै
खाइदिए जस्तो
किन लखेटेका होलान्
बाँदर प्रवृत्तिका
कलुशित हृदयका
त्यी अनुहार जस्तै
कालो हृदय भएका
मान्छेरुपी तल्लो दर्जाका पशुहरुले !
कुरा काट्नै परे
चासो लिनै परे
दोष देखाउनै परे
गर्नुनि
अगाडि नि हिम्मत
भिजेका बिरालाहरुले
किन दुई चरित्र देखाएका होलान
कस्को अंश खाइदेको छ र !
खोजी निति गर्दै
सारीको धुलो झार्दै हिड्न ?
ए मैले इज्जत गरेका मान्छे हो
किन नाङ्गो हुन्छौ आफैं र?
आफ्नो चरित्र आफै खोलेर
खै कसरी चिन्नु आजभोलि
मान्छे,मान्छे नै हो कि
खै के पो हो…खाने पशु ?

गीता अर्याल,
काठमाण्डौं ।

Chief Editor

Recent Posts

एकै परिवारका १६ जना बेपत्ता, तीव्र खोजीमा प्रहरी

नेपाल दर्पण, काठमाण्डौं । सिन्धुलीमा एकै परिवारका १६ जना बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर…

5 days ago

सियोदेखि सुनसम्म विदेशबाट आयात, व्यापारघाटा १५ खर्ब २७ अर्ब

नेपाल दर्पण, काठमाण्डौं । नेपालको वैदेशिक व्यापारघाटा २०८१÷८२ मा १५ खर्ब २७ अर्ब पुगेको छ…

2 weeks ago

देश–विदेशमा ४३ औं बीपी स्मृति दिवस मनाइँदै

नेपाल दर्पण, काठमाण्डौं । आज देश–विदेशमा कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरि ४३ औं…

2 weeks ago

कांग्रेस र कम्युनिस्टले राजसंस्थालाई बुझ्न सकेनः विश्वप्रकाश शर्मा

नेपाल दर्पण, काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीले राजसंस्थालाई…

2 weeks ago

बाङ्ग्लादेशमा विमान दुर्घटनाग्रस्त, १९ जनाको मृत्यु, १५० बढी घाइते

नेपाल दर्पण, काठमाण्डौं । बाङ्ग्लादेश वायुसेनाको एउटा विमान सोमवार अपराह्न राजधानी ढाकामा दुर्घटनाग्रस्त भएको छ…

2 weeks ago

अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

नेपाल दर्पण, काठमाण्डौं । अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग…

2 weeks ago

This website uses cookies.