NPL: फाइनलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स

नेपाल दर्पण, काठमाडौं ।

जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगको फाइनलमा पुगेको छ । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सलाई हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको हो । कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनाएको थियो। ११९ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरले ८ विकेट गुमाएर ११९ रन बनायो ।

जनकपुरका लागि जेम्स निसम ४५, हर्ष थाकर १७, मयन यादव र आकाश त्रिपाठी समान १३, कप्तान आशिफ शेख चार, शुभ कंसकार तीन लाहिरू मालिन्था दुई, मोहम्मद मोहसिन एक रन बनाए भने शेर मल्लले अविजित १६ रन बनाए । कर्णालीका लागि विपिन शर्माले तीन, कप्तान सोमपाल कामी, जिद मक्सुद, विलियम बसिस्टो, एक विकेट लिए ।

टस हारेर ब्याटिङमा उत्रिएको कर्णालीले ९ विकेट गुमाएर ११८ रन बनायो । कर्णालीका लागि गुलशन झा २५, देव खनाल २४, विलियम बसिस्टो १४, जिद मक्सुद र युनिस ठकुरी समान १२, चाडविक वाल्टन ११, कप्तान सोमपाल कामी पाँच अर्जुन घर्ती द्ई, जयकिसन कोल्सावाला एक रन बनाएर आउट भए भने नन्दन यादव ४ रनमा अविजित रहे । जनकपुरका लागि ललित राजवंशी,जेम्स निसम रु र मोहम्मद मोहसिनले समान दुई, हर्ष ठाकर, शेर मल्लले एक एक विकेट लिए । उपाधिका लागि जनकपुरले सुदूरपश्चिम रोयल्ससँग प्रतिश्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *