एकता प्रक्रिया अघि बढाउन माधव नेपाल र वामदेव गौतमबीच सहमती

नेपाल दर्पण, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल एकताको छलफल गर्न वामदेव गौतम निवास पुगेका छन् । बिहीबार साँझ अध्यक्ष नेपालसहित वरिष्ठ नेता प्रमेश हमाल, स्थायी कमिटी सदस्य बलराम बास्कोटा गौतम निवास पुगेका हुन् । भेटमा गौतम संयोजक रहेको पार्टी नेकपा राष्ट्रिय एकता अभियानको तर्फबाट डीबी कार्कीलगायत नेताहरू थिए ।

भेटमा पार्टी एकता प्रक्रिया अघि बढाउने विषयमा सहमति जुटेको एकीकृत समाजवादीका नेता बास्कोटाले जानकारी दिए । “एकता प्रक्रिया अघि बढाउने कुरामा दुवै पक्षमा सहमति जुटेको छ । आजको भेट निकै सकारात्मक भएको छ । वामदेव गौतम पहिले नै हामी सँगै काम गरेको नेता हो । उहाँलाई पार्टीमा आउने कुरामा असहज भन्ने हुँदैन । कतिपय कुरा आएपछि मिलाउन सकिन्छ,“ बास्कोटाले भने । भेटमा एकीकृत समाजवादीबाट प्रमेश हमाल र बलराम बाँस्कोटा र गौतम नेतृत्वको पार्टी एकता राष्ट्रिय अभियानका नेता डीबी कार्की पनि सहभागी थिए ।

गौतम पाँच वर्ष अघि तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको काम र व्यावहारप्रति असन्तुष्टि जनाउँदै अलग भएका थिए । गौतमले पुष्पकमल दाहाल प्रचण्डसँगको सहकार्यमा गठित नेकपा फुटाउनमा ओलीको हात रहेको आरोप लगाएपछि एमालेमा फर्कने चाहना तत्काल सम्भव नभएको हो । एकीकृत समाजवादीकाे हालैकाे बैठकले गाैतमलाई पार्टीमा भित्र्याउने निर्णय गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *