दाङ भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, उर्लियो जनसागर, घन्कियो ‘राजा आउ देश बचाउ’ नारा

नेपाल दर्पण, काठमाडौं ।

मुलुकमा पुनः राजसंस्था फर्काउनुपर्ने माग र आवाज बढ्दै गएका बेला पूर्वराजा ज्ञानेन्द्र शाह स–परिवारसहित दाङ भ्रमणमा गएका छन । राजपरिवारलेको घोराही उपमहानगरपालीकाको धारापानीस्थित पाण्डेवेश्वर मन्दिरको दर्शन एवं पूजा आरधना गरेका छन् । बाँकेको नेपालगञ्जलाइ मुकाम बनाएर पश्चिम नेपालका शक्ती पीठहरुको दर्शन गरिरेका पूर्वा राजा ज्ञानेन्द्रले आज पाण्डेवेश्वरको दर्शन गरेका हुन् ।

अहिले संवैधानिक राजसंस्को विषय उठिरहेको बेला शाहले पनि सार्वजनिक समारोहमा आफ्नो उपस्थिति बढाइरहेका छन् । धार्मिक, व्यक्तिगत र पारिवारिक घुमघामको लागि बेलाबखत जिल्लाहरुमा निस्किए पनि यसपटक भने एक महिने कार्यक्रमका साथ उनी नेपालगञ्ज बस्दै आएका छन् ।

पश्चिम नेपालकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको विश्वकै अग्लो त्रिसुल रहेको पाण्डेवेश्वर मन्दिरको दर्शन गर्न गर्न आउने क्रममा पूर्वा राजालाई नागरिकस्तरबाट भव्य स्वागत गरिएको छ । तुलसीपुरमा बाहीनी चौक.देखि, जेसिस चौक, बिपि चौक र बिरेन्द्र चौकसम्म पुर्ब राजालाई नागरिक अभिनन्दन गरिएको छ । बिरेन्द्र चौकमा स्वर्गीय राजा विरेन्द्र शाहको शालिकमा ज्ञानेन्द्रले माल्यार्पण गर्दा नागरिकहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारासमेत लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *