विराटनगरको जितले एनपिलमा उलटफेर प्लेअफ सम्भावना कायमै
नेपाल दर्पण, काठमाडौं ।
नेपाल प्रिमियर लिगको आजको दोस्रो खेलमा लिगको शीर्ष चारबाट बाहिरिएको विराटनगर किंग्सले चितवन राइनोजलाई पराजित गरेको छ । १८२ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको चितवनले ६ विकेट गुमाएर जम्मा १३० रन बनाएको थियो । आज भएको खेलमा विराटनगरेल चितवनलाई ५१ रनले हराउँदै दोस्रो जित निकालेको हो ।
विराटनगरले दिएको १८२ लक्ष्य पछ्याएको चितवन २० ओभरमा ६ विकेट गुमाएर १३० रनमा समेटियो । विराटनगरले एनपीएलको आफ्नो अन्तिम खेलमा काठमाण्डु गुर्खाजसँग खेल्दैछ । शीर्ष चारको दौडमा रहेको काठमाण्डु विराटनगरलाई हराउने रणनितिमा हुनेछ । सो खेलमा विराटनगरले जित निकाले पनि विराटनगर शीर्ष चारमा पुग्न कठिन छ ।
चितवनका लागि अमर रटौला ४२, सन्तोष कार्की २८, कुशल मल्ल २५, रवि बोपरा २०, हसन एइसाखेल ५, बसिल हमिद एक रन बनाएर आउट भए भने दिपक बोहरा र सोहेल तान्विर क्रमश २ र १ मा अविजित रहे । विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई, क्रिश शोल, बसिर अहमद, सुवास भण्डारी र लोकेश बमले एक एक विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १८१ रन जोड्यो ।
विराटनगरका लागि बसिर अमहदले ६८ रन र राजेश पुलामी मगरले ३३ रनको अविजित पारी खेले । मार्टिन गप्टिल ४५, निकोलस किर्तन ८,दिपक बोहरा ४ रनमा आउट हुँदा लोकेश बम र स्कर्ट एडवार्ड शून्यमा आउट भए । चितवनका लागि रिजन ढकाल २, सोहेल तान्विर, कुशल मल्ल र बसिल हमिदले समान एक एक विकेट लिए ।