रविविरुद्ध अमानवीय व्यवहार गर्दै विभिन्न जिल्ला घुमाउदै प्रहरी

नेपाल दर्पण, काठमाडौं ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणमा गत २ कात्तिकमा पक्राउ परेका रवि लामिछानेलाई प्रहरीले विभिन्न जिल्लाहरुमा घुमाइरहेको छ । आज फेरि रविलाई पर्साबाट काठमाडौंहुदै पोखरा लगिएको छ । पर्साबाट काठमाडौं ल्याएर उनलाई विमानमा पोखरा लगिएको हो । काठमाडौंबाट बुद्ध एयरको जहाजमार्फत उनलाई पोखरा लगिएको हो ।

लामिछाने गत २ कात्तिकमा पक्राउ परेपछि पोखरा लगिएको थियो । सुरुमा उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारीमा ठगी गरेकोमा उजुरी परेकाले पोखरा लगिएको हो । त्यसपछि रुपन्देही, चितवन र पर्सामा पनि उनीविरुद्ध उजुरी परेपछि ती जिल्लाहरूमा पनि उनको बयान भएको छ । लामिछानेविरुद्ध अमानवीय व्यवहार भएको भनी विभिन्न फोरमहरुमा आवाज उठिरहेको बेलामा आजै तीन जिल्ला घुमाइएको छ ।

काठमाडौँबाट साढे १ बजे लग्ने भनिए पनि प्रहरीले टिकट केहीबेर अघि सारेको थियो । पोखरा लग्नु अघिदेखि नै पृथ्वीचोक र महेन्द्र पुलमा रास्वपाका समर्थकहरुले प्रर्दशन जारी राखेका कारण प्रहरीले विमानस्थलबाट वैकल्पिक बाटो प्रयोग गरेर जिल्ला प्रहरी कार्यालय लगेको छ । दिउँसो महेन्द्रपुल क्षेत्रमा जारी प्रदर्शनका क्रममा प्रहरी र रविका सर्मथकबीच धकेलाधकेल भएको छ । विभिन्न सहकारी संस्थाको रकम अपचलनमा अनुसन्धान गरिरहेको प्रहरीले लामिछानेलाई जहाजमार्फत नै अर्को जिल्लामा लग्ने गरेको छ ।

कार्तिक २ गते राति कास्की प्रहरीको हिरासतमा लगिएका रविको यसबीचमा रुपन्देही, चितवन, काठमाडौँ र पर्सा लगेर बयान लगिसकिएको छ। यसअघि छैटौँ पटक थपेको म्याद आज सकिँदै छ । भोलि फेरि जिल्ला अदालत कास्कीमा पेश गरेर म्याद थप्ने प्रहरीको तयारी छ । सानो पाइला सहकारीमा जोडिएका गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशी र रामबहादुर खनाललाई भने स्थलमार्गबाटै पर्साबाट पुनः पोखरा पु¥याएको छ । पोखराको पृथ्वीचोकमा लामिछानेको समर्थनमा स्वतन्त्र युवाको नाममा जम्मा भएको समूहले प्रदर्शन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *