नेपाल दर्पण, काठमाडौं ।
नेपाल सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको क्रममा चीनसँग भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक गरेको छ । आज परराष्ट्र मन्त्रालयले उक्त सम्झौताको पूर्णपाठ आफ्नो मन्त्रालयको वेबसाइटमा राखेको हो ।
सम्झौतामा ६ बुँदा छन् । सम्झौताको पहिलो बुँदामा बीआरआई सम्झौताको पृष्ठभूमि छ । सहकार्यका सिद्धान्तलाई दोस्रो बुँदामा समेटिएको छ । तेस्रो बुँदमा सहकार्यका उदेश्य र चौथो बुँदामा सहकार्यका प्राथमिकतालाई स्थान दिइएको छ । पाँचौँ बुँदामा वार्ताका लागि पहिचान गरिएका परियोजना राखिएको छ भने छैटौँ बुँदामा सहकार्यका संयन्त्रलाई समेटिएको छ ।
सम्झौताका १२ पृष्ठमध्ये तीन पृष्ठमा बीआरआईअन्तर्गत अगाडि बढाइने १० वटा परियोजना राखिएको छ । अगाडि बढाउने परियोजनाको सूचीमा टोखा–छहरे टनेल, हिल्सा–सिमिकोट रोड प्रोजेक्ट, किमाथांका–खाँदबारी रोड र किमाथांका पुल र एकीकृत चेकपोस्ट छन् ।
चीन–नेपाल अन्तरदेशीय रेलमार्ग, अमरगढी सिटी हल प्रोजेक्ट, जिलोङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय विद्युत् प्रसारणलाइन, मदन भण्डारी युर्निभर्सिटी अफ साइन्ट एन्ड टेक्नोलोजी, काठमाडौं साइन्टिफिक सेन्ट एन्ड साइन्स म्युजियम, चीन–नेपाल फेन्डसिप इन्डस्ट्रियल पार्क र झापा स्पोर्टस एन्ड एथलेटिक्स कम्लेक्सलाई बीआरआई अन्तर्गत अघि बढाउने सूचीमा राखिएको छ ।
नेपाल दर्पण, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध तीन वटा कसूरमा…
दिललाईयति कठोर बनाएर हिँड्छुकहीमइनजस्तोकहीपहाडपत्थरजस्तोलाग्छशब्दको अणुबमप्रहार भए नियो मन नचर्किएलायस्तै यस्तैमन बनाएरदिनभर व्यस्तजिन्दगी गुजार्छुघन्टौँ पछि उनकोम्यासेज…
NMC कलेजका सरहरूलाई पनिविद्यार्थी साथीलाई न्यानो माया छ भनी नाच्दै यताउता खेलेझै देउसी र भैली।देवी…
नेपाल दर्पण, काठमाडौं । अहिले विभिन्न स्थानहरुमा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेससँग ०८४ को…
नेपाल दर्पण, काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमिय लिग (एनपीएल) को उपाधि जितेको छ ।…
आजभोलि मान्छेहरुअगाडि पर्दाहात जोड्छनमाया देखाउछनसम्मान गरे झै गर्छन् ।तर सामुन्नेबाट टाढिएपछिआफ्नो स्वार्थ पूरा नहुने देखेपछिअफवाह…
This website uses cookies.